बिराटनगर,असार ११ गते । रातो तारा डट कम-असार–१४ गते हुन लागेको स्थानिय तह को निर्वाचनलाई मध्यनजरगर्दै कांग्रेसले शक्ती प्रदंशन गरेको हो ।
राती–१२ वजेदेखी मौन समय शुरु हुन्छ र सो समयपछी कुनैपनी उमेदवारहरुले चुनाव प्रचार प्रसार गर्न पाउने छैनन । त्यही कारणपनी प्रचारप्रसारको अन्तिम दिन कांग्रेसले शक्ति प्रर्दशन गरेको जनाएको छ । वर्षादको वावुजुदपनी सभामा उल्लेखनिय रुपमा जन सहभागिता रहेको थियो ।
विराटनगरको विभिन्न स्थानवाट निकालेको ¥याली विप्लटमा आएर सभामा परिणत भएको थियो । चुनावी सभालाई सम्वोधन गर्दै लोकतन्त्र बचाउन कांग्रेसलाई भोट दिन कांग्रेस केन्द्रिय सदस्यहरुले मतदाताहरुलाई आग्रह गरेका छन ।
नेपालको राजनितिक आन्दोलनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने विराटनगरको महत्वलाई अझै उचाईमा पु¥याउन महानगरपालिकाको नेतृत्वका लागी कांग्रेसलाई अवसर दिनुपर्ने उहाहरुको भनाई थियो । महानगरपालिकाको मेयरका उमेदवार भिम पराजुली र उपमेयरका उमेदवार इन्दु कार्की लगायत वर्डा अध्यक्ष तथा वर्डा सदस्यका उमेदवारलाई विजय बनाउन समेत उहाहरुले आग्रह गर्नुभयो । कार्यक्रमा नेपाली कांग्रेस केन्द्रिय सदस्यहरु बिमलेन्द्र निधी ,डाक्टर शेखर कोइराला, महेश आचार्य, डाक्टर मिनेन्द्र रिजालले वोल्नु भएको थियो ।
कार्यक्रममा वोल्दे मेयरका उमेदवार भिम पराजुली तथा उपमेयरका उमेदवार इन्दु कार्कीले विराटनगरलाई समवृद्ध सहरको रुपमा विकासगर्दै र एक नम्वर प्रदेशको राजधानी वनाउनेमा जोड दिनुभयो ।
Post a Comment