Websoft University

साउनको सोमबार पिडेश्वर बाबा धाममा जल चडाउदा प्रत्येक्ष शक्ति,आशिर्वाद पाउने जनविश्वास रहेछ

बिराटनगर साउन ११ गते । रातो तारा डट कम,
साउन महिनामा शिवालय धाउने, पूजाआजा गर्ने, ब्रत-उपवास बस्ने गरिन्छ । यसको धार्मिक महत्व त छदैछ, सामाजिक र वैज्ञानिक कारणले धरान- पिडेश्वरको बेग्लै महत्व पनि छ । साउन भरि सबै शिवालयहरूमा भक्त हरूको भिड हुन्छ, त्यसमा पनि धरानको पिडेश्वर बाबा धाम (बोलबम)मा झनै भिड रहन्छ । एक पटक तपाईं हामी सबैले साउने सोमबार
पिडेश्वर बाबाको दर्शन गर्दा राम्रै हुन्छ ।


खेती किसानीकै समयमा साउनको सोमबार एक दिन शिव भक्तहरूले फुर्सददिलो समयमा निकालि भक्ती-आराधना गर्ने, धार्मिक प्रवृत्तिलाई बढाव दिने, ब्रत उपवास बस्ने, सामुहिक भोजन गर्ने महिना साउन हो ।

साउन महिनाको सोमवारलाई विशेष मानिन्छ,शिव आरधानाका लागि । त्यसैले रातो तारा डट कम,को टिम साउन ९ गते सोमबार बाबाको दर्शन र प्रचारप्रसारको लागि धरानको पिडेश्वर पुगेको थियो।

यसदिन शिवलिंगमा जल, दुध, वेलपत्र र धतुरो चढाउने भक्त हरूले मागेको कुरा पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको पाइन्छ ।

त्यति मात्रहोइन साउनको सोमबार पिडेश्वर बाबा धाम (बोलबम) मा जल चडाउन पुगेका सबै मानिसले बसाह को कानमा आफना कुरा सुनाएर अगि बढने चलन रहेछ,पहिला बसाहको कानमा भनेको कुरा कैलास पुग्छ र आफुले
जल वा सामाग्री चडाएर भगवानलाइ शिवलिंगमा छोएपछि  प्रत्येक्ष शक्ति, आशिर्वाद पाउने जनविश्वास रहेछ ।

भक्त हरूले जान्नु पर्ने कुरा:- शिवलिंगमा वा मन्दिरमा चढाइने जति पनि चिजहरु हुन्छन् ति औषधीय गुणले भरिपूर्ण हुन्छ ।

यसबेलाको भोजन तालिका पनि स्वस्थ्यकर हुने गर्छ ।
राती सुन्ते वेला दुध खाने, विहान उठ्नसाथ पानी खाने र खाना पछि मोहि खाने हो भने वैद्य अर्थात डाक्टरको आवश्यक्ता पर्दैन पनि भनिन्छ ।

दुध आफैमा पूर्ण भोजन हो, जसमा शरीरलाई चाहिने सम्पूर्ण पौष्टिक तत्व पाइन्छ ।

यसबेला शिवालयमा चढाइने धतुरोको औषधिय महत्व छ । यसको प्रयोगबाट कतिपय रोग निदान गर्न सकिन्छ, यस्तो चिज भक्त हरूले बोकेर लगेका हुन्छन् ।

छाला, श्वासप्रश्वास, पायल्स, दाँत, पेटको समस्या निदानका लागि धतुरोको प्रयोग गर्न सकिन्छ ।

धतुरको पञ्चाङको रस तीलको तेलमा पकाएर राख्ने र मालिस गर्नाले जोर्नी दुखेको ठीक हुन्छ । छालामा लगाउने छालको समस्य ठीक हुन्छ ।

कानवाट पिप बग्ने समस्य भएमा शुद्ध तोरीको तेलमा गन्ध र धतुरो पातको रस पकाएर राख्ने र दिनमा एक थोपा कानमा राख्नाले राम्रो हुन्छ ।

धतुरोमा भिटमिन सि, पोटासियम नाइट्रेट, उडनशील तेल, क्लोरोजेनि एसिड आदि पाइन्छ ।

यस्तै साउनको सोमबार शिवलिंगमा बेलपत्र र बाल बेल चढाइन्छ, यसको पनि खास अर्थ छ ।

आफ्नै शरीरलाई शिवालय देवालय मानेर हरेक दिन दुध वा बेलपत्र खानाले उच्च रक्तचाप, मधुमेह जस्ता समस्यमा हट्छ।

पेटका अन्य समस्य पनि यो उपयोगी हुन्छ ।
साउनमा शिवलिंगमा चढाइएको बालबेल जम्मा गरेर सुकाएर चुर्ण बनाएर राख्न सकिन्छ ।

बालबेलको चुर्णलाई चियाको रुपमा खानाले चियाको स्वादपनि मेटिन्छ र पेटको रोगहरु पनि ठीक हुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.