काठमाडौं, असार २० गते । रातो तारा डट कम,नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाएको छ । आन्तिरकतर्फको हवाई इन्धनको मूल्य लिटरको ४ रूपैयाँ घटेसँगै देशका विभिन्न भागमा जाने हवाई भाडामा कमी आएको छ।
नयाँ भाडा दर बुधबार देखि कार्यान्वनयमा आउने भएको सिम्रिक एयरका मार्केटिङ म्यानेजर प्रज्वल थापाले जानकारी दिएका थिए।
हवाई भाडामा लामो दुरीमा २ सय रुपैयाँ सम्म घटेको छ । विराटनगर जाने यात्रुले यसअघि ७ हजार २ सय तिर्नुपर्दथ्यो । तर अब भने ७ हजार १ सय ४ रुपैयाँ मात्रै तिरे हुने भएको
छ ।
भद्रपुरमा ८ हजार ७ सय रुपैयाँ तिर्दै आएका यात्रुले अब ८ हजार ५ सय ७६ रुपैयाँ तिरे पुग्ने भएको छ ।
त्यसैगरी माउन्टेन फ्लाइटमा यसअघि ११हजार तिर्दै आएकोमा अब १० हजार ८ सय ६२ मात्रै तिरे हुने भएको छ ।

Post a Comment