मोहन कुमार राई-संखुवासभा,असार १७ गते । रातो तारा डट कम,संखुवासभामा मत गणना जारी रहेको छ ।
मादी नगरपालिकको नेकपा एमालेका मेयर पदमा विदुर कुमार लिंथेप २ हजार ७ सय ४१ मत प्राप्त गर्नुभई विजयी भएका छन । निकटतम् प्रतिदोन्दी नेपाली काँग्रेसका रामकुमार जिमीले २ हजार १ सय २२ मत प्राप्त गर्नुभएको थियो ।
यसै गरी धर्मदेवी नगरपालिकामा वडा नं. १,२,३,४ र ५ को मत परिणाम सार्वजनिक भइसको छ । यस मध्ये १ , २, ३ र ५ नं वडामा नेकपा एमाले विजयी भएका छन् भने वडा नंं ४ मा नेपाली काँग्रेस विजयी भएका छन् । नेपाली काँग्रेसका मेयरले २ हजार ८ सय ८५ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका मेयरले २ हजार ६ सय ३२ मत प्राप्त गर्नुभएको छ ।
पाँचखपन नगरपालिकामा १,२,३,४ र ५ नं वडाहरु मत गणना सार्वजनिक भइसकेको छ । वडा नं. १, २, ३ र ४ मा नेपाली काँग्रेस विजयी भएका छन् भने । वडा नंं ५ मा नेपाली काँग्रेस विजयी भएका छन् ।मेयर पदमा नेपाली काँग्रेसले अग्रता लिइरहेको छ भने उप मेयरमा नेकपा एमालेले अग्रता लिइरहेको छ । वडा नं. ६ को अन्तिम मत परिणाममा विवाद भएकोले तत्कालको लागि स्थगित गरिएको छ ।
चैनपुर नगरपालिकामा १, २, ३, ९,१० र ११ नं. वडाहरुको अन्तिम मतगणना सार्वजनिक भैसकेको छ । वडा नंं २, ३, १० र ११ मा एमाले विजयी भएका छन् । वडा नं. १ मा नेपाली काँग्रेस विजयी भएका छन् । नगरको वडा नंं ९ मा माओवादी केन्द्रले प्यानलै विजयी गरेका छन ।
यस नगरपालिकाको नेपाली काँग्रेसका मेयर शंकरमान कँडेले पछिल्लो मत परिणामअनुसार ३ हजार ४ सय ६० मत प्राप्त गर्नुभएको छ । यसै गरी एमालेका मयेर भरतकुमार खत्रीले ३ हजार ५ सय ६४ मत प्राप्त गर्नु भएको छ ।
खाँदवारी नगरपालिकामा वडा नं. २, ३,४,५,६,७,८,१० र ११ को अन्तिम मत परिणम सार्वजनिक भैसकेको छ । एमालेका मेयरका उमेदवारले ३ हजार ९ सय ४० मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका मेयरले ३ हजार ८ सय मत प्राप्त गर्नुभएको छ ।
यसै गरी सिलिचुङ, चिचिला, र भोटखोला गाउँपालिकामा प्रमुख तथा उप–प्रमख पदमा नेपाली काँग्रेस विजयी गरेका छन भने सभापोखरी गाउँपालिकामा प्रमुख तथा उप प्रमुख सहित नेकपा एमालेले विजयी गरेका छन् ।
Post a Comment