Websoft University

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावबाट सबै नेताहरू खुसी


काठमाडौ, साउन ८ गते ।  रातो तारा डट कम,सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी सचिवालयको विस्तारित बैठकमा राखेको प्रस्तावबाट सबै नेताहरूको मुहारमा खुसियाली छाएको छ ।

बैठकमा धारणा राख्नेक्रममा माओवादी नेताहरूले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलार्इ एजेण्डा बनाउने विषयलार्इ अध्यक्ष प्रचण्डले प्रमुख एजेण्डाको रूपमा प्रस्ताव गरेपछि सबै जना नेताहरूको मुहारमा खुसियाली छाएको हो ।

केन्द्रीय समिति बैठकमा चुनावी समिक्षाका क्रममा प्रचण्डले अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि दलहरुसँग सम्वाद गर्ने बताए । साथै उनले दलहरुले पाएको मतका आधारमा राज्यले निश्चित चुनाव गर्न दिने गरी ऐन कानुन बनाउन पहल गर्ने समेत बताएका छन् ।

दुबै संविधानसभा चुनावमा माओवादीले प्रत्यष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा लिएको थियो । तर, संविधान निर्माणका क्रममा संसदबाट निर्वाचित प्रधानमन्त्रीय पद्धतिमा सहमति गरेको थियो ।

बैठकमा प्रचण्डले सबै माओवादीहरुलाई पार्टी एकतामा आउन अपील गर्ने प्रस्ताव पनि राखेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.