मोरङ, साउन ७ गते । रातो तारा डट कम,बिराटनगर महानगरपालिका १५ नेपाल भारत सिमास्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले हिजो अपरान्ह लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ।
बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीको टोलीले सुनसरी धरान उपमहानगरपालिका १४ बस्ने २९ बर्षिय हेमराज बस्नेत र झापा दमक नगरपालिका ५ बस्ने १६ बर्षिय सुचन दर्जीलाई पक्राउ गरेको हो।
पक्राउ परेका बस्नेतको साथबाट प्रहरीले लागूऔषध लुपिजेसिक २५ एम्पुल, डाईजेल्याब २५ एम्पुल र एभिल २५ एम्पुल बरामद गरेको छ।
त्यस्तै दर्जीको साथबाट लागूऔषध नाट्रोभेट ७३ ट्याबलेट र स्पास्मोप्रोक्सिवन ट्याब्लेट ४० क्याप्सुल बरामद गरेको हो।
पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

Post a Comment