Websoft University

भलिवल संघको अन्तरकृय कार्यक्रम सम्पन्न

बिराटनगर,साउन १० गते । रातो तारा डट कम,मोरङ जिल्ला भलिवल संघले अन्य खेलकुदको तुलनामा भलिवल खेलको बिकास भन्दा पनि दिनानु दिन लोप हुने क्रम बढेकाले यसको बिकासमा के गर्न सकिन्छ भन्ने उश्यले एक दिने अन्तरकृय कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष रविन नगरकोटीले कार्यक्रम उदघाटन गर्दै भन्नु भयो-खेलकुदको क्षेत्रलाई सरकारले नै सहयोग गर्नु पर्छ । भलिवल खेल हराइ सकेकोछ, यो खेलको बिकास गर्न सबैले जुटनै पर्छ र यो गाउँ गाउँ सम्म पु¥याउनु जरुरी भईसकेको बताउनु भयो ।

अन्तराष्ट्रिय खेलाडी दिपक सापकोटाले आफना कुरा राख्दै, भलिवल खेल लाई हरेक स्कुलहरुमा लगेर नयाँ खेलाडीहरुको उत्पादन गर्नु पर्नेमा जोड दिनुभयो । खेलकुद संघका उपाध्यक्ष नरेस राई यो हराइ सकेको खेललाइ सबैको सहयोग आवश्यक भई सकेकोले हामी सबै मिलेरनै यसको बिकासमा जोड दिनु पर्छ भन्नु भयो।

खेलकुद प्रशिक्षक बीरेन्द्र चौधरीले भलिवल खेलको मोरङमा बिकास गर्न अवका दिनमा संघले राम्रो भुमिका खेल्नु पर्छ र नयाँ जेनेरेसन लाइ भलिवल भन्ने खेलको बारेमा राम्रो बुइााउन सके मात्र यो खेलको बिकास हुने कुरामा जोड दिनु भयो ।

हरी निरौला, बंम डागी पूर्व खेलाडीहरुले भलिवल खेल हराइ सकेकोले यसलाइ जगाउन सबै मिलेर हरेक स्कुलहरुबाट सुरु गर्न सुइााव दिनु भयो । त्यसैगरी पुर्व खेलाडी बुद्घि बहादुर कटवाल र तिर्थ अधिकारीले भलिवल खेललाइ जगाउन नयाँ पुस्तालाइ भलिवल खेल खेल्दा पनि खेलाडीको जीवन रक्षा हुनसक्छ भन्ने खालको शिक्षा नयाँ पुस्तालाइ दिन जरुरी भईसकेको कुरामा जोड दिनु भयो ।

अर्जुन आचार्य पत्रकार र दिपक थापा पुर्व खेलाडीले आ आफना भईहरु राख्दै यो खेललाइ सरकारले सहयोग गर्दा राम्रो भए पनि सबैले लागि परेर नै सहयोग जुटाइ भलिवल खेलको बिकास गर्नु पर्छ भन्नु भयो ।

कार्यक्रमको सभापतित्व मोरग जिल्ला भलिवल संघका अध्यक्ष हरीचन्द्र कोइरालाले गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.