मोहन राई-संखुवासभा, असार १७ गते । रातो तारा डट कम,संखुवासभामा मत गणना जारी रहेको छ ।
मादी नगरपालिकामा नेकपा एमाले मेयरका उमेदवार विदुर कुमार लिंथेप २ हजार ७ सय ४१ मत प्राप्त गरी विजयी भएका छन ।वाहाका निकटतम् प्रतिदोन्दी नेपाली काँग्रेसका रामकुमार जिमीले २ हजार १ सय २२ मत प्राप्त गर्नुभएको थियो ।
यसै गरी धर्मदेवी नगरपालिकामा वडा नं. १,२,३,४ को मत परिणाम सार्वजनिक भइसको छ । यस मध्ये १ , २, ३ नं वडामा नेकपा एमाले विजयी भएका छन् भने वडा नं. ५ मा एमालेको अग्रता देखिए पनि विवाद आएको छ । वडा नंं ४ मा नेपाली काँग्रेस विजयी भएका छन् । नेपाली काँग्रेसका मेयरले २ हजार ९ सय ५० मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका मेयरले २ हजार ४ सय ४९ मत प्राप्त गर्नुभएको छ ।
वडानं. पाँचखपन नगरपालिकामा १,२,३,४ र ५ नं वडाहरु मत गणना सार्वजनिक भइसकेको छ । वडा नं. १, २, ३ र ४ मा नेपाली काँग्रेस विजयी भएका छन् भने । वडा नंं ५ मा एमाले विजयी भएका छन् । मेयर नेपाली काँग्रेस पदका उमेदवार विपिन राईले अग्रता लिइरहेको छ भने एमालेका उमेदवार मानसिंह पोख्रेलले पछ्याइरहेका छन । उप मेयरमा नेकपा एमालेका उमेदावरले अग्रता लिइरहेका छन । वडा नं. ६ को अन्तिम मत परिणाममा विवाद भएकोले तत्कालको लागि स्थगित गरिएको छ ।
खाँदवारी नगरपालिकामा वडा नं. २, ३,४,५,६,७,८,१० र ११ को अन्तिम मत परिणम सार्वजनिक भैसकेको छ । एमालेका मेयरका उमेदवार मुरारी प्रसाद खतिवडाले ४ हजार १ सय २८ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका मेयरका उमेदवार महेश थपलियाले ३ हजार ९ सय ८३ मतले पछ्याइरहनुभएको छ । उपप्रमुखमा एमालेका उमेदवार डेगेश्वरी श्रेष्ठले ४ हजार ७४ र नेपाली काँग्रेसका उमेदवार निरु वस्नेतले ४ हजार ४ मत प्राप्त गर्नुभएको छ ।
चैनपुर नगरपालिकामा १, २, ३, ९,१० र ११ नं. वडाहरुको अन्तिम मतगणना सार्वजनिक भैसकेको छ । वडा नंं २, ३, १० र ११ मा एमाले वडाध्यक्ष सहित २ सदस्य विजयी भएका छन् , त्यसै गरी वडाका २ सदस्यमा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ । वडा नं. १ मा नेपाली काँग्रेस प्यानलै विजयी भएका छन् । नगरको वडा नंं ९ मा माओवादी केन्द्रले प्यानलै विजयी गरेको छ । यसै गरी एमालेका मयेर पदका उमेदवार भरतकुमार खत्रीले ३ हजार ६सय ८६ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।
एमालेका मुना श्रेष्ठले ३ हजार ६ सय १८ मत प्राप्त गरी अग्रता लिनुभएको छ । यस चैनपुर नगरपालिकाको नेपाली काँग्रेसका मेयर पदका उमेदवार शंकरमान कँडेले पछिल्लो मत परिणामअनुसार ३ हजार २ सय ३२ मत प्राप्त गर्नुभएको
छ । उपमेरमा नेपाली काँग्रेसका अन्जना लिंथेपको ३ हजार ३ सय ८२ मत प्राप्त गरी पछ्याइरहेकी छन् । अहिले वडा नं ६,७ र ८ को मतगणना जारी रहेको निर्वाचन अधिकृत मेघनाथ पाध्यले जानकारी दिनुभएको छ ।
यसै गरी सिलिचुङ, चिचिला, र भोटखोला गाउँपालिकामा प्रमुख तथा उप–प्रमख पदमा नेपाली काँग्रेस विजयी गरेका छन भने सभापोखरी गाउँपालिकामा प्रमुख तथा उप प्रमुख सहित नेकपा एमालेले विजयी गरेका छन् ।
मकालु गाउपालिकामा १,२, ३ नं. वडाको मत गडना भैरहेको छ । अहिले सम्म एमाले अग्रता कायमै रहेको छ।
Post a Comment