Websoft University

मोटरसाइकल ट्याक्टरमा ठोकिदा चालको घटनास्थलमै मृत्यु

सुनसरी -इटहरी, असार २२ गते । रातो तारा डट कम,
इटहरी उपमहानगरपालिकाको मुख्य चोकदेखि एक किमी दक्षिणको धरान–विराटनगर सडकखण्डको साथी फ्युल पेट्रोल पम्प नजिक ट्याक्टरको ठक्करबाट इटहरी–२० का तरुण दलका युवा रोशन तामाङको घटनास्थलमा नै मृत्यु भएको
छ ।

इटहरीबाट विराटनगरतिर गइरहेका तामाङ ओभरटेक गर्ने क्रममा ट्याक्टरमा ठोक्किएपछि पछाडिबाट आउँदै गरेको ट्रकले सडकमा पछारिन पुगेका युवक तामाङ किचिन पुगेका थिए ।

को ६ प ९९२ नंको मोटरसाइकलमा यात्रारत युवा तामाङलाई को १ त १५८३ नंको ट्याक्टरमा ठोक्किन पुगेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । अहिले बिहान ९ बजेतिर भएको उक्त घटनामा परेका युवक तामाङको टाउको क्षतविक्षत अवस्थामा रहेको छ ।

घटनास्थलमा ट्याक्टरबाहेक ना ५ ख ३४३८ नंको ट्रकसमेत सोही स्थानमा भएकाले ती दुवै सवारीसाधनको ठक्करबाट युवक तामाङको ज्यान गएको हुनसक्ने भन्दै प्रहरीले ती दुवै सवारीसाधनलाई नियन्त्रणमा लिई कानुनी कार्वाहीका लागि आवश्यक अनुसन्धान अघि बढाएको बताएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.