विराटनगर साउन ८ गते । रातो तारा डट कम,मोरङ जिल्ला फुटबल संघले कोकाकोला अन्तर विद्यालय स्तरिय फुटबल प्रतियोगिता आयोजना गरेको छ । मोरङको दुई क्षेत्रमा विभाजन गरेको प्रतियोगिता आयोजना गरेको हो । विराटनगर ‘क’ र पथरी ‘ख’ क्षेत्र गरेर प्रतियोगिता गर्दै आएको छ ।
प्रतियोगिता अन्तर्गत आइतबार विराटनगरमा भएको खेलमा डानबस्को बोडिङ स्कुल र समता बोडिङ स्कुल विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा डानबस्को बोडिङ स्कुलले सिद्धार्थ शिशु सदनलाई ३–० गोलमा पराजित गरी विजयी भएको हो ।
डानबस्कोका मयङक खनालले २ र हिमेश बस्नेतले १ गोल गरेका थिए । म्यान अफ द म्याच डानबस्कोका मयङक खनाल भए । दोस्रो खेलमा समता बोडिङ स्कुलले गोग्राहा माविलाई १–० गोलमा पराजित गर्यो । म्यान अफ द म्याच समताका मनोज रायले एक गोल गरे ।
त्यसैगरी, पथरीमा भएको पहिलो खेलमा भानुभक्त बोडिङ स्कुलले रेडस्टार बोडिङ स्कुललाई २–० गोलमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । भानुका सन्दिप लिम्बू र लक्की मोक्तान तामाङले समान १–१ गोल गर्दै टिमलाई विजयी बनाए । दोस्रो खेलमा द राइजिङ बोडिङ स्कुलले पर्ल एकेडमी बोडिङ स्कुललाई ट्राइब्रेकरमा ३–२ गोलमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । खेल निर्धारित समयमा दुवै टिम गोल रहित बराबरी खेलपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।
प्रतियोगिताको सोमबार विराटनगरमा पहिलो खेल सनसाइन बोडिङ स्कुल र सप्तकोसी बोडिङ स्कुल, दोस्रो पोखरीया मावि र अर्पण बोडिङ स्कुल, तेस्रो डान बोडिङ स्कुल र जीवन विकास विद्यालय, चौथो आदर्श मावि र सगरमाथा बोडिङ स्कुलबीच हुनेछ । पथरीमा पहिलो खेल श्री शान्ति भगवती मावि र आदर्श बोडिङ स्कुल तथा दोस्रो क्लासिकल बोडिङ स्कुल र पशुपति बोडिङ स्कुलबीच हुनेछ ।
Post a Comment