Websoft University

उर्लाबारीमा द्रुत गतिको इन्टरनेट सेवा


विराटनगर, साउन ११ गते । रातो तारा डट कम,उर्लाबारी नगरपालिकामा द्रुत गतिको इन्टरनेट सेवा जडान गरिएको
छ । यसअघि इन्टरनेटको समस्याका कारण सेवाग्राहीले समस्या भोग्दै आएका थिए ।

अब भने बढीमा ८ मिनेटमा सेवा प्रदान गर्न सकिने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । उर्लाबारी नगरपालिकामा सेवाग्राहीलाई प्रभावकारी रूपमा सेवा प्रदान गर्न आफू लागि परेको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताउनुभयो ।

विगतमा नगरपालिकामा विद्युत समस्या, कार्यालय परिसरमा फोहोरमैला तथा शौचालयमा दुर्गन्धको समस्या, कर्मचारीको लापरवाही रहेको बताउँदै उहाँले आफू पदबहाली भएर आएसँगै समस्याहरू हटेको जानकारी दिनुभयो ।

विद्युत तथा इन्टरनेटको समस्याले कामकारवाही नै ठप्प हुँदै आएको नगरपालिकामा उहाँले थ्रि फेस विद्युत लाईनको व्यवस्था, द्रुत गतिको फाइबर इन्टरनेट तथा लोडसेडिङको समयमा जेनेरेटरको व्यवस्था गरिएको बताउनु भयो ।

फागोले आगामी दिनमा अपाङ्ग, अशक्त, वृद्धवृद्धाका लागि कर्मचारीको व्यवस्थासहित हेल्प डेक्स राखेर सेवाप्रवाहलाई सहज बनाइने जानकारी दिनुभयो । नगरपालिकामा राजनीतिक पूर्वाग्रही नराखी तथा सेवाग्राहीलाई दुःख नदिइ चुस्त दुरूस्त ढंगबाट छिटोछरितो सेवा प्रदान गर्न आफू तत्पर रहेको उहाँले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.