Websoft University

गरिवी निवारणका लागि मोरङमा ४ करोड वढीको कार्यक्रम

विराटनगर, साउन ६ गते । रातो तारा डट कम,
गरिवी निवारणका लागि मोरङमा ४ करोड वढीको कार्यक्रम सञ्चालनमा रहेको छ  । आर्थिक वर्ष २०७३÷०७४ मा गरिवी निवारण कोषसँग सामुदायिक संस्थाले आय आर्यन र भौतिक पूर्वाधार अन्र्तगत ४ करोड ५४ लाखको सम्झौता भएको हो ।

कोषको सहयोगमा मोरङमा सञ्चालित एकिकृत गरिवी निवारण कार्यक्रमको आज विराटनगरमा गरिएको वार्षिक समीक्षामा सो जानकारी दिईएको हो । साविकका २६ वटा गाविसमा ३ वर्षदेखि कार्यक्रम सञ्चालनमा रहेको छ । गरिवी निवारण कोषको सहयोगमा आय आर्जन र भौतिक पूर्वाधारका कार्यक्रम सञ्चालनमा रहेको कार्यक्रममा जानकारी दिईएको छ ।

कार्यक्रम अन्र्तगत समुदायमा गठन गरिएका सामुदायिक संस्थामा कोषले अनुदान दिने गरेको कार्य प्रवन्धक किरणकुमारी चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार कोषको सहयोगमा ११ हजार वढी सदस्यहरु सामुदायिक संस्थामा आवद्ध छन् ।

समीक्षा कार्यक्रममा स्थानीय विकास अधिकारी शोभाखर रेग्मीले गरिवी न्युनीकरण गर्दै लैजान सकिने भएपनि हटाउन भने नसकीने बताउनुभयो । गरिवी निवारणका लागि योजनाबद्ध रुपमा कार्य गर्न उहाँले सुझाव दिनुभयो ।

गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य त्रिलोक नेउपानेले गरिवी निवारणका लागि कोषले गरेको कार्य सर्हानिय भएको बताउनुभयो । कोषको कार्यक्रम शुरु भएपछि धेरै जना उद्यमी बन्न सफल भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा क्षेत्रीय वन निर्दैशनालयका सुर्य गौतम, जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत सरोज गौतम,लाली गुराँस सामुदायिक संस्था थलाहाकी अध्यक्ष रामादेवी राजवंशी लगायतले बोल्नु भएको थियो ।

गरिवी निवारण कोषको सहयोगमासमुदाय स्तरमा सामुदायिक विकास प्रयास नेपाल, नारी विकास संघ, महिला व्यवसायिक कृषि समूह र बहुउद्देश्यीय विकास व्यवस्थापन सेवा नेपालले कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.