Websoft University

अपराध न्यूनीकरणका लागि सामुदायिक सेवा केन्द्रको महत्वपूर्ण भूमिका

काठमाडौँ,  साउन ८ गते । रातो तारा डट कम,
काठमाडौँ उपत्यकाको अपराध न्यूनीकरणका लागि सामुदायिक सेवा केन्द्रको महत्वपूर्ण भूमिका रहेको सरोकारवालाले बताएका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र सामुदायिक सेवा उपत्यका सेवा परिषद्ले यहाँ  हिजो आयोजना गरेको कार्यक्रममा अपराधमुक्त समाज निर्माणका लागि सामुदायिक सेवा केन्द्रको आवश्यकता रहेको बताएका हुन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले अपराध नियन्त्रण र शान्तिपूर्ण समाज निर्माणका लागि स्थानीयस्तरको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले निर्वाचित जनप्रतिनिधि नहुँदा सामान्य घटना मिलाउनसमेत प्रहरीले धेरै समय खर्चनुपरेको बताउँदै निर्वाचनसँगै प्रहरीको काममा केही सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक सेवा केन्द्रलाई थप प्रभावकारी बनाउन महानगरपालिकाले सहयोग गर्ने बताउनुभयो । “नेपाल प्रहरी, ट्राफिक प्रहरी, सामुदायिक प्रहरीसँग सहकार्य गर्न महानगरपालिकाले नीतिगत निर्णयसमेत गरिसकेको छ”– प्रमुख शाक्यले भन्नुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकामा हाल दुईवटा सामुदायिक सेवा केन्द्र रहेको बताउँदै आफ्नो कार्यकालमा यसलाई थप गरी प्रत्येक वडामा पु¥याउने बताउनुभयो । “सामुदायिक सेवा केन्द्रको स्तरवृद्धि गर्नु जरुरी छ”– महर्जनले भन्नुभयो ।

प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले समाजमा घट्ने अपराधलाई न्यूनीकरण गर्दै समृद्ध मुलुक निर्माणमा सामुदायिक सेवा केन्द्रको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले काठमाडौँ उपत्यकामा २९ र देशभर १८८ सामुदायिक सेवा केन्द्रबाट आम नागरिकलाई सेवा दिइरहेको जानकारी दिनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल लगायतले समाजमा घट्ने घटनाको न्यूनीकरणका लागि प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.