विराटनगर साउन ११ गते । रातो तारा डट कम,विराटनगरका विभिन्न कलेजमा बीबीएमा अध्यनरत विद्यार्थीहरुले सचेतनामूलक र्याली निकालेका छन् । महेन्द्र मोरङ कलेजमा बीबीए अध्ययनरत विद्यार्थीहरुको अगुवाईमा र्याली निकालिएको हो ।
महेन्द्र मोरङ क्याम्पस परिसरबाट निकालिएको र्यालीले रोडशेक्ष चोक, सन्सारी माईस्थान, ट्राफिक चोकबाट जनआन्दोलनचोक हुँदै कलेज परिसरमा पुगेर समापन भएको थियो । समाजमा व्याप्त दाइजो प्रथा र गर्भपतनलगायतका कुरीतिविरुद्ध सचेतना जगाउने उद्देश्यले र्याली आयोजना गरिएको महेन्द्र मोरङ क्याम्पसकी छात्रा अर्चना भटटराई ले जानकारी दिनुभयो ।
आउदो शनिबार विराटनगरकै एक निजी होटलमा कार्यक्रम आयोजना गरेर नाटक र कलामार्फत थप सचेतना जगाउने कार्यक्रम आयोजना गरिने उहाँले बताउनुभयो । र्यालीमा महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीसहित नगरक्षेत्रका विभिन्न कलेजका विद्यार्थीहरुको सहभागिता थियो ।

Post a Comment