Websoft University

बालअधिकारका लागि सचेतना गोष्ठी सम्पन्न



तेह्रथुम,असार २३ गते । रातो तारा डट कम,तेह्रथुमको अाठराई गाउँपालिका स्थित संक्रान्तिबजारमा बालअधिकार सम्बन्धि सचेतना गोष्ठी शुक्रबार  सम्पन्न भएको छ ।

बाल हक अधिकार स्थापित गर्ने उदेश्यले संचालित गोष्ठीमा बाल स्वास्थ्य, बाल पत्रकारिता, सुचना तथा संचार, बाल साहित्य, बाल अधिकार, बाल क्लब सवलिकरण लगायतको विषयमा छलफल भएको सहभागीहरूले बताएका छन् ।

कृष्ण माध्यमिक विद्यालय डाडाँगाउँको कृष्ण प्रगतिशील र राम संस्कृत माध्यमिक विद्यालय खेलपुरको राम जानकी बाल क्लबका २८ जना प्रतिनिधि  सहभागी गोष्ठीमा  प्राथमिक स्वास्थ केन्द्र संक्रान्तिबजारका अहेव जितेन्द्र महतो, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद अमृत बास्तोला, युवा साहित्यकार मनकुमार फोम्बो, सामाजिक परिचालन कमल भण्डारीले सहजीकरण गर्नु भएको थियोे ।

ग्रामीण विकासका लागि सहयोगी संस्था नेपालको अायोजनामा अायोजित गोष्ठी, अाठराई गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष कमलबहादुर लिम्बूको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष उमानाथ भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचान सन्तोष गौतमले गर्नु भएको थियोे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.