Websoft University

महानगरपालिकाले नयाँ मेयर उपमेयर कार्यकक्षा तयार बनायो

बिराटनगर,असार २३ गते । रातो तारा डट कम,दोस्रो चरणमा चुनाव भएर मतगणना जारी रहेको बिराटनगर महानगरपालिकाले एक-दुई दिनभित्रै नयाँ मेयर उपमेयर पाउने आसामा नगरवासी बसेका छन ।

बिराटनगरको नेतृत्व कसको पोल्टामा पर्ला भनेर सबैको ध्यान अहिले त्यतैतिर छ । पछिल्लो अपडेटमा बिराटनगरमा कांग्रेस को अग्रता भइरहेको छ ।

मुलुककै जेठो नगरपालिका र कान्छो महानगरपालिकामा २० वर्षपछि निर्वाचित जनप्रतिनिधिका लागि महानगरपालिकाले कार्यकक्ष,सवारी लगायतको जोहो सुरु गरिसकेको स्रोतले बताएको छ । सरकारले हालै वीरगञ्ज र बिराटनगरलार्इ महानगर बनाउने निर्णय गरेको थियो ।

कार्यकक्षका लागि साढे तीन लाख खर्च :-
विराटनगर महानगरपालिकाले मेयर र उपमेयरकालागि कार्यकक्ष तयारी अवस्थामा राखिसकेको छ । बिराटनगर महानगरपालिकाको चार तल्ले पुरानो भवनको दोश्रो तल्लामा मेयर र उपमेयरको कार्यकक्ष बनाइएको छ ।
मेयरको कार्यकक्ष :-

२० वर्ष अघिका मेयरले र उपमेयरले प्रयोग गरेको कार्यकक्षलाई रङरोगनसहित मर्मत गरी तयार पारिएको हो। नयाँ मेयरका लागि कार्यकारी अधिकृत बस्दै आएको कोठालाई रिमिकै सजाइएको छ । भुईंमा विछ्र्याउने कार्पेटदेखि फरिमिकै वाल पुटिङ,प्लाष्ट्रिक इमोलनशल गरिएको छ ।

मेयरको कार्यकक्ष वनस्तु शास्त अनुसार तयार परिएको कार्यकारी अधिकृत दिपक कोइरालाले जानकारी दिए । मेयरको कार्यकक्ष भित्रैबाट मिटिङ हलमा जाने व्यवस्था पुरानै थियो भने कार्यकक्षमा नयाँ एसीसमेत जडान गरिएको रहेछ ।
उपमेयरको कार्यकक्ष :-



त्यसैगरी उपमेयरको कार्यकक्ष पनि मेयरको भन्दा पश्चिम पट्टीको कोठालाई मर्मत गरी तयारी गरिएको छ । नयाँ एसी जडान, कार्पेट लगायतका सामाग्री परिवर्तन गरी कार्यकक्षलाई आर्कषक वनाइएको छ ।

मेयर र उपमेयरका कार्यकक्षसँगै जोडिने गरी छुट्टै विश्राम कोठाको पनि व्यवस्था गरिएको छ ।

कार्यकारी अधिकृत कोइरालाले मेयर र उपमेयरका कार्यकक्ष मर्मत सम्भारका लागि साढे तीन लाख वढी खर्च गरेको जानकारी दिए ।

पाँच वर्षका लागि बिराटनगरको कार्यकारी अधिकारसहित आउने मेयरका लागि महानगरपालिकाले करिव डेढ करोडको गाडी उपलब्ध गराउने जनाएकोछ ।

मेयरले प्रयोग गर्ने गाडी :-


निर्वाचित मेयरलाई टोयटाको र्फचुन गाडी उपलब्ध गराइने कार्यकारी अधिकारी दीपक कोइरालाले बताए । कोइरालाले भने, ‘हामी तत्काल कुनै नयाँ सवारी खरिद गर्ने योजनामा छैनौं, महानगरपालिकासँग धेरै गाडी छन् तीमध्ये दुई गाडी ठीक पारेका छौँ ।’

मेयरले चडने र्फचुनरको मूल्य झन्डै  बजार मुल्य डेढ करोड रहेको बताएका छन । यो गाडी नगरपालिकासँग रहेका मध्ये सवैभन्दा विलासीको सवारीमा हुनेछ ।

यो गाडी विराटनगरमा भिआइपी आउने जानेक्रममा प्रयोग गरिदै समेत आएको थियो । मेयरलाई दिने भनिएको गाडी विराटनगरको फोहोरमैला व्यवस्थापनका लागि आएको सिमेन परियोजनाले छाडेर गएको सबैले हेरिरहेको पुरानै गाडी हो । यो जिप अहिले कार्यकारी अधिकृतले चढ्ने गरेका छन् ।

त्यस्तै,उपमेयरले  टोयटाकै नाभारा कम्पनीको गाडी चड्ने छन्। स्रोत अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.