काठमाडौ,साउन ७ गते । रातो तारा डट कम,नेकपा (एमाले) का नेता माधवकुमार नेपालले राष्ट्रको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान गौरव गर्नलायक भएको बताउनुभएको छ ।
पुष्पलालको ३९ औँ स्मृति दिवसका अवसरमा आज यहाँ पेशागत महासंघ नेपालद्वारा आयोजित ‘समाजवाद र पुष्पलालका दृष्टिकोण’ विषयको विचार गोष्ठीमा उहाँले वामपन्थी आन्दोलन राष्ट्रको स्वाभिमान बचाउने आन्दोलन भएको बताउँदै भन्नुभयो, “कम्युनिष्ट राष्ट्रियताको पहरेदार हो, देशभक्तिको भावना कम्युनिष्टसँग जोडिएको छ, पुष्पलालले कलकत्ता र बेलायतको पुस्ताकालयसम्म पुगेर कम्युनिष्टको दर्शन अध्ययन गर्नुभएको थियो ।”
समानता र सामाजिक न्यायको सिद्धान्त नै कम्युनिष्टको मूल ध्येय भएको उल्लेख गर्दै उहाँले वैचारिक, सांस्कृतिक र आर्थिक रुपान्तरण गर्ने कुरालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
गोष्ठीमा पुष्पलालका शिष्य लोककृष्ण भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै सामन्तवादी र अधिनायकवादी सोचको अन्त्य गर्न कम्युनिष्टको जन्म भएको र पुष्पलालकै विचार र सिद्धान्तको आधारमा मदन भण्डारीले जनताको बहुदलिय जनवाद ९जबज० को स्थापना गरेको उल्लेख गर्नुभयो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै नेकपा ९माओवादी केन्द्र० का नेता सुरेन्द्रबहादुर कार्कीले नेपालको वामपन्थी आन्दोलनमा पुष्पलापको मौलिक चिन्तन सामन्तवादको अन्त्य गर्ने मूल विषयमा कम्युनिष्ट आन्दोलनलाई कसरी ल्याउने भन्ने रहेको बताउनुभयो । नेकपा ९संयुक्त० का नेता गणेश शाहले मुलुकमा समाजवादको स्थापना र विकासका लागि कम्युनिष्टहरू एक हुन आवश्यक छ भन्नुभयो ।
महासङ्घका अध्यक्ष विश्वनाथ प्याकुरेलले पुष्पलालको नेपाली कम्युनिष्ट इतिहास महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो । नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलालको जन्म विसं १९८१ असार २५ गते रामेछापमा तथा मृत्यु २०३५ साउन ७ गते भारतमा भएको थियो ।
Post a Comment