Websoft University

श्रम वजारमा नेपाली यूवाहरूको भूमिका


रोशन पोखरेल-विराटनगर, साउन ५ गते । रातो तारा डट कम,दैनिक १ हजार ५ सयको संख्यामा नेपाली श्रम वजारमा रोजगारीका लागी युवाहरु थपिने गरेको विराटनगरमा आज आयोजित कार्यक्रमका वक्ताहरुले वताएका छन । वार्षिक ५ लाख १२ हजार युवाहरु  नेपाली श्रम वजारमा आउने गरेता पनी युवाहरुले सहि रुपमा रोजगारीको अवसर नपाएको उनीहरुको भनाई छ ।

रोजगारीको अवसरलाई थप प्रभावकारी वनाउन विराटनगरमा आज आन्तरिक रोजगारी प्रवद्धनमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै वक्ताहरुले आन्तरिक रोजगार  प्रवद्धनका लागी मोडेल रोजगारी सुचनाकेन्द्र आवश्यक रहेकोमा जोड दिएका छन ।

कार्यक्रममा वोल्दै रोजगारी सुचनाकेन्द विराटनगरका परार्मसदाता महेन्द्र प्रसाइले आन्तरिक रोजगार प्रवद्धनका लागी रोजगार दाता र युवाहरु विच समन्वय गराएर केन्द्रले ३ सय १४ जना  मोरङका युवाहरुलाई विभिन्न उधोगहरुमा रोजगरीको अवसर प्रदान गरेको  वताउनुभयो ।

जसमध्ये ८७ जना महिला रहेका छन ।  नेपाल पत्रकार महासंघका उपाध्यक्ष कुमोद अधिकारीले स्थानिय तहको निर्वाचनपछी युवाहरुलाई स्थानिय स्तरमा केही भएपनी रोजगारीको अवसर प्रदान भएको बताउनुभयो । कार्यक्रममा विराटनगर महानगरपालिका वार्ड न ११ की जनप्रतिनिधी इन्दिरा गिरी, ओरेककी  करुणा जोशी लगायतले युवा स्वरोजगारका लागी रोजगार सुचनाकेन्द्रलाई स्थानिय स्तरसम्म पु¥याउनुपर्नेमा जोड दिनुुभयो ।

ओरेक नेपाल विराटनगरको आयोजनामा भएको सो कार्यक्रममा रोजगार दाता , रोजगार परार्मसदाता , प्राध्यापक, उद्योग संचालक तथा नजप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.