Websoft University

चेतावनी दिँदै चीनले भारतको सीमा क्षेत्र तिब्बत क्षेत्र नजिक भारी संख्यामा सेना परिचालन गर्दै, भारतलाई कुनै देशले मनपराउदैनन्


बिराटनगर साउन १० गते । रातो तारा डट कम,
चीनले भारतलाई चेतावनी दिँदै चीन र भारतको सीमा क्षेत्र तिब्बत क्षेत्र नजिक भारी संख्यामा सेना परिचालन गर्दै आफ्नो देशको सम्प्रभुता रक्षा गर्ने बताएको छ। चीनको रक्षा मन्त्रालयका प्रवक्ताले सोमबार भने, ‘दुवै पक्षले स्वीकार गरेको सीमानामा भारतकातर्फबाट सीमा पार गर्नु चीनको क्षेत्रको उल्लघंन हो।

चीनले भारतलाई चेतावनी दिँदै सीमा क्षेत्रमा तनाव जारी राख्दा आफ्नो स्थिति बलियो हुन्छ भनेर नसोच्न चेतावनी दिएको छ। ‘चिनियाँ जनमुक्ति सेनाको विगत ९० वर्षको इतिहासमा यो सावित गरेको छ की चीनको सम्प्रभुता र सीमाको रक्षाकालागि उ प्रतिवद्ध छ,’ चीनले भनेको छ।

नेपाली जनताको कुरा :-
यहाँ अलिकति नेपालको कुरा राख्न मनलाग्यो आजसम्म
भारतले नेपालको तराईमा हजारौं  सीमा सारेको र सार्दै आएको छ। कालापानी, लिपुले, र दार्जिलिङ सिक्किम
जस्ता नेपालको क्षेत्र कब्जामा राखेकोछ। नेपाली नेता
बिकाउ छन ? १५ १५ दिनमा भारतमा पालै पोल पोल सुनाउन र पैसा लिन जानेगरेको सर्वत्र नेपाली जनताले नेताहरूलाई आरोप लगाइरहेका छन।

पत्रकार सम्मेलन गर्दै चीनको रक्षा मन्त्रालयका प्रवक्ताले तनाव जारी रहेको क्षेत्रमा चीनको सेनाले आपतकालीन उपाय निकालेको र वस्तुस्थितिलाई मध्यनजर गर्दै थप सैनिक सो क्षेत्रमा पठाउने जनाए। ‘चीनको सेनालाई हल्लाउनु, पहाड हल्लाउनु भन्दा पनि कठिन छ,’ रक्षा मन्त्रालयका प्रवक्ताले भने।

यद्यपी चीनको रक्षा मन्त्रालयका प्रवक्ताले विवादित क्षेत्रमा चीनको सेना तैनाथी र प्रशिक्षणका विषयमा धेरै जानकारी दिएनन्। उल्लेखनीय छ, दुई देशबीचको यो विवाद गत महिना सिक्किम सीमा नजिक भुटानको डोकलाम क्षेत्रबाट सुरु भएको थियो। सो क्षेत्रमा चिनियाँ सैनिकले सडक विस्तार गर्न खोजेको छ।

सो क्षेत्र भारतको पूर्वोत्तर राज्य सिक्किम र छिमेकी भुटानको सीमासँग नजिक छ। भारतले यदि सो सडक चीनले बनायो भने चीनको सामरिक महत्व बढ्ने आशंका जनाउँदै आएको छ। स्रोत बीबीसी बाट


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.