Websoft University

चितवनमा रात्रिवस दुर्घटना हुँदा दुई जनाको मृत्यु ,अन्य घाइते


चितवन,असार २० गते । रातो तारा डट कम, गएराती
 चितवनमा रात्रिवस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चितवन इच्छाकमना गाउँपालिमामा रात्रि बस दुर्घटना हुँदा तीन महिने छोरी र बाबुको मृत्यु भएको हो ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर भएको प्रहरीको भनाइ छ । काठमाडौंबाट धनगढीकाका लागि जाँदै गरेको ना ६ ख ६४६८ नम्बरको रात्रि बस सुम्लिङटारमा मध्यरातमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा प्रहरी जवान राजकुमार चौधरी र उनकी ३ महिने छोरीको ज्यान गएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए । प्रहरी प्रमुख थापाका अनुसार थापाकी श्रीमतीको अवस्था गम्भीर छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.