विराटनगर, साउन ९ गते । रातो तारा डट कम,जिल्ला प्रहरी कार्यालय मोरङले ठूलो मात्रामा नक्कली नोटसहित विराटनगरबाट दुई जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।निर्वाचनको मौका छोपि नक्कली नोटको कारोबार गर्ने विराटनगर ६ का २२ वर्षीय संगीत महतो र विराटनगर–७ का २१ वर्षका सुमन तालाङ्गीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले महतोको साथबाट ५ सय दरका १ सय ५० थान ७५ हजार रुपैयाँ र तालाङीको साथबाट ५ सयदरकै १ सय ९८ थान ९९ हजार रुपैया नक्कली नोट बरामद गरेको आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
पछिल्लो समय विराटनगरमा पाँच सय एक हजारको नक्कली नोट बजारमा छ्यापछ्याप्ती पाउन थालेपछि मोरङ प्रहरीले कडा निगरानी बढाएको थियो । पक्राउ परेका दुवै जनालाई प्रहरीले खोटा चलन मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाएको जनाएको छ ।मोरङका प्रहरी प्रमुख एसपी सन्दिप भण्डारीले नक्कली नोटको कारोबार गरेको आशंकामा महतो र तोलाङीलाई विराटनगर ९ स्थित रघुनाथ पेट्रोलपम्प पछाडिको गल्लीबाट पक्राउ गरेको बताए ।
उनीहरुको शरिर खानतलासी गर्दा उक्त परिणामको नक्कली नोट फेला परेको हो । मोरङमा यति ठूलो परिणाममा नक्कली नोट बरामद गरेको पहिलो पटक हुनसक्ने एसपी भण्डारीले बताए । नक्कली नोटको विषयमा अझै अनुसन्धान जारी रहेको र अन्य गिरोह पनि छिट्टै पक्राउ पर्ने भण्डारीको भनाइ छ ।
Post a Comment