Websoft University

बेलबारीमा एमाले उम्मेदवार ज्ञानेन्द्र सुवेदीको पल्लाभारी भएको छ


बिराटनगर,असार, २१ गते । रातो तारा डट कम-मोरङको बेलबारी नगरपालिका र सुनसरीको कोशी गाउँपालिका एमाले–कांग्रेसले बाँडेका छन् । बेलबारीमा एमाले र कोशीमा कांग्रेस उम्मेदवारले जित निकालेका हुन् ।

मोरङको बेलबारी नगरपालिकामा एमाले उम्मेदवार ज्ञानेन्द्र सुवेदीको पल्लाभारी भएको छ । सुवेदी उनका नजिकका प्रतिष्पर्धी नेपाली कांग्रेसका राजकुमार लिम्बुलाई २ सय मत अन्तरले पराजित गर्दै विजयी बनेका हुन् । सुवेदीले १०७८४ मत ल्याउँदा लिम्बुले १०५८४ मतमा रोकिए ।

उपमेयरमा नेकपा एमालेकै उम्मेदवार ढाकाकुमारी पराजुली ११३२२ मतका साथ विजयी भएकी छन् । कांग्रेस उपमेयर उम्मेदवार रुकमणि धितालको पक्षमा १०९२२ मत पर्यो ।

उता, सुनसरीको कोशी गाउँपालिकामा नेपाली कांग्रेसका ऐयुव अन्सारी विजयी भएका छन् । अन्सारी एमालेका अजय कुसियतलाई पराजित गर्दै गाउँपालिका प्रमुख बनेका हुन् । अन्सारीले ४०७४ मतका साथ जित निकाल्दा कुसियत २७३२ मतका रोकिए ।

उपमेयरमा पनि नेपाली कांग्रेसकै अनितादेवी यादवको पल्लाभारी भएको छ । यादवले ३४१२ मत हासिल गरेर जित पक्का गरेकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पार्वतीदेवी उराव २७२३ मत ल्याएर पराजित
भइन् । अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.