काठमाडौ - बनेपा, साउन ९ गते । रातो तारा डट कम,जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनका लागि हिजो धुलिखेलमा कार्यालय स्थापना भएको छ ।
सोमबारदेखि निर्वाचनका विभिन्न प्रक्रिया सुरु गर्ने गरी कार्यालय स्थापना गरिएको निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिनुभयो । यसअघि जिल्ला अदालतका मुख्य न्यायाधीस मेदिनीप्रसाद पौडेल प्रमुख निर्वाचन अधिकृतमा नियुक्त हुनु भएको छ भने सोही अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारी सहायक निर्वाचन अधिकृत तोकिनुभएको छ ।
निर्वाचन अधिकारी पोखरेलले अबको पाँच दिनमा निर्वाचन कार्यतालिका सार्वजनिक हुने जानकारी दिनुभयो । छ जना कर्मचारीको व्यवस्थापन कार्य सोमबारदेखि नै हुने उहाँको भनाइ छ । यस निर्वाचनमा निर्वाचित जनप्रतिनिधि मात्रै उम्मेदवार हुन पाउछन् । जिल्लामा १३ स्थानीय तहका स्थानीय तहका प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्ष गरी २६ जनाले मतदान गर्न पाउनेछन् ।
उक्त निर्वाचनबाट एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, एक दलित तथा अल्पसंख्यक र अन्य गरी नौजना निर्वाचित हुनेछन् ।
Post a Comment