अर्जुन जम्नेली राई-मोरङ-पथरी, साउन ८ गते । रातो तारा डट कम,किरात राई यायोक्खाले आगामी प्रदेश सभाको निर्वाचन अघि १ नम्बर प्रदेशभर ‘किरात राज्य नेपालको, जातिको होइन जनताको’ भन्ने मूल नाराको साथ अभियान सञ्चालन गर्ने भएको छ ।
यायोक्खा केन्द्रीय समिति अन्तरर्गत किरात राज्य अभियानको शनिबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । अभियानको संयोजक पारस राई अध्यक्षता भएको बैठकले भदौमा १ नम्बर प्रदेशभर किरात राज्य प्राप्तिको लागि प्रशिक्षण गर्ने, विभिन्न पार्टीका १ नम्बर प्रदेश समितिलाई ज्ञापन पत्र बुझाउनुने, किरात राज्यको लागि जनशक्ति प्रदर्शन गर्ने निर्णय गरेको यायोक्खा केन्द्रीय उपमहासचिव तिलकप्रसाद राईले बताए।
यायोक्खाले प्रस्ताव गर्दैै आएको किरात स्वायत्त राज्य ब्यबहारिक र वैज्ञानिक भएको दावी गर्दै आएको छ । बैठकले भर्खरै गठन भएको निर्वाचन क्षेत्र निर्धारण आयोगलाई आदिवासी जनजाति बसोबास भएको क्लष्टर एकैठाउँ पर्नेगरी बनाउन ज्ञापन पत्र दिने निर्णय भएको छ ।
स्थानीय तहको निर्वाचन अघि नेपाल सरकारले अल्पसंख्यक समुदायको सूची सार्वजनिक गर्दा राई समुदायलाई विभाजन हुनेगरी सूचीकरण खारेज गर्नुपर्ने लगायतको निर्णय भएको समितिको सदस्य तथा यायोक्खाका अर्का उपमहासचिव भीम राईले बताए ।
बैठकले देश धर्म निरपेक्ष भइसक्दापनि चौपाया उपभोग गरेको अभियोगमा पक्राउ गरेर कारबाही चलाउदै आएको प्रशासकहरुप्रति भ्रत्सना समेत गरेका छन् ।
यायोक्खाले पूर्वी नेपालको ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र रामेछाप, दोलखा, सिन्धुली जिल्लाका किराती बस्तिहरु मिलाएर बृहत किरात स्वायत्त राज्यको माग गर्दैै आएका छन् ।
संविधानले भने रामेछाप, दोलखा, सिन्धुली बाहेकको १४ जिल्लालाई १ नम्बर प्रदेश घोषणा भएको छ । यायोक्खाले भने किरात राज्यभित्र लिम्बुवान, कोचिला, धिमाल, खस लगायतका समुदायको लागि स्वायत्त क्षेत्र निर्धारण गरिनु ने व्याहारिक हुने प्रस्ताव गर्दै आएको छ ।

Post a Comment