काठमाडौं,असार २१ गतेे । रातो तारा डट कम-राष्ट्रिय जनता पार्टी (राजपा) आज औपचारिकरुपमा निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।
विजुलीबजारस्थित पार्टी कार्यालयमा भेला भई राजपा नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग जाने राजपा नेता केशव झाले पत्रकारहरू लाई बताएका छन ।
अहिलेसम्म विभिन्न ६ वटा पार्टीहरु अलग्गै दर्ता भएकोमा अब एउटै दल भएर दर्ता हुने नेता राजकिशोर यादवले बताएका छन ।
राजपाको दल दर्ता चुनावी तयारी भन्दा पनि दलको बैधानिक प्रक्रिया पुर्याउनका लागि गर्न लागिएको यादवले बताए ।
Post a Comment