Websoft University

शिरफूल हरायो’ नामक - तीज गीत


काठमाडौँ, २१ असार । लामो समयदेखि शिक्षण पेशामा रही हाल आफ्नै व्यवसाय गर्दै आउनुभएकी महिला व्यवसायी पार्वती अधिकारीले ‘शिरफूल हरायो’ नामक तीज गीत बजारमा ल्याउनुभएको छ ।

‘शिरफूल हरायो गैरी खेत रोपाइँमा, हेरी दिऊँ मायाले दर्पण छायाँले’ भन्दै अधिकारीले पश्चिम नेपालको भाकालाई बजारमा ल्याउनुभएको हो । सानैदेखिको गायन र नृत्यको सोख भएको बताउने अधिकारीले घरायसी र पेशागत व्यस्तताले पहिले आफ्नो सोख पूरा गर्न नसकेको बताउँदै बच्चाहरु हुर्किसकेपछि श्रीमान्को सहयोगमा तीज गीत बजारमा ल्याएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले तीजको महत्व उस्तै भए पनि आफैँ गाएर नाच्दै रमाइलो गर्ने क्रम घट्दो छ, विभिन्न खाले गीत बजारमा आउन थालेको तर मौलिकता हराउँदै गएको छ, तीजको मौलिकतालाई पनि संरक्षण गर्नुपर्ने हाम्रै जिम्मेवारी हो ।”

युट्युबमा उपलब्ध भएको गीतको शब्द सङ्कलन महानन्द ढकालको छ भने गीतमा गायिका अधिकारीका साथमा उहाँकी छोरी यासना अधिकारीले नृत्य गर्नुभएको छ । नृत्यनिर्देशन सुमनसागर जङ्ग केसीको रहेको छ ।

अधिकारीको गीतमा मौलिकरुपमा जीवन्त राख्दै दिदीबहिनीका आपसी रमाइला भावना समेटिएको छ । नेपाली महिलाको महान् चाड हरितालिका तीज आउन महिना दिन बाँकी छँदै तीजका गीत बजारमा आउन थालिसकेका छन् । पछिल्लो समय पेशागत गायकगायिकाले मात्र नभई रहरका लागि पनि गीत निकाल्ने चलन बढेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.