Websoft University

एक तथ्यांक अनुसार चिकित्सकहरू बढी तनावमा रहन्छन्


फायल फोटो-
बिराटनगर असार २० गते । रातो तारा डट कम,
रोगीको उपचारमा खटिने चिकित्सक नै तनावग्रस्त
हो, अध्ययनले यसै भन्छ । प्रसंग छिमेकी भारतको हो । भारतमा झण्डै ८४.२ प्रतिशत चिकित्सक तनावमा रहने गरेको एक सर्वेक्षणले देखाएको छ ।उनीहरुमध्य अधिकांशलाई मधुमेह तथा रक्तचापको समस्या भएको पाइएको थियो।

इण्डियन मेडिकल एशोसिएन ९आईएमए०ले गरेको उक्त सर्वेक्षण अनुसार धेरैजसो चिकित्सक आफ्ना कामलाई लिएर तनावमा रहने गरेको पाइएको छ ।

तनावमा रहनेमध्य ४३ प्रतिशत चिकित्सक हिंसाका कारण तनाव रहने गरेको पाइएको छ भने २४.२ प्रतिशत चिकित्सकलाई मुद्दामामिलाले सताउने डर तथा १३।७ प्रतिशत चिकित्सकलाई अपराधिक क्रियाकलापका कारण मुद्दा चलाउनाले चिन्ता हुने गरेको पाइएको छ ।

चिकित्सा क्षेत्रमा विद्यमान कठिनाई, समस्या तथा चिकित्सकमाथि हुने हमला तथा अपराधिक घटनालाई लिएर सर्वेक्षण गरिएको थियो । मेडिकल प्रोफेसनमाझ गरिएको उक्त सर्वेक्षणमा ५६ प्रतिशत चिकित्सकहरुले तनावकै कारण हप्तामा कयौ दिन सात घण्टाको निद्रा समेत पुरा गर्न नपाएको बताएका थिए ।

सर्वेक्षण १५ दिन लगाएर गरिएको थियो । सर्वेक्षणमा निजी ओपिडी, नर्सिङ्ग होम्स, कर्पोरेट अस्पताल तथा सरकरी अस्पतालमा कार्यरत जनरल प्राक्टिसनर्स, शल्य चिकित्सक, स्त्री रोग विशेषज्ञ लगायतका १६८१ चिकित्सकले भाग लिएका थिए । अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.