Websoft University

तीन महिने सीप मुलक तालिमको समापन


विराटनगर,साउन १० गते । रातो तारा डट कम,
महिला तथा बालबालिका कार्यालय मोरङको आयोजनामा तीन महिने सीप मुलक तालिम हिजो सम्पन्न भएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत अनौपचारिक श्रममा संलग्न महिलाहरुका लागि ३ महिने सीप मुलक (सिलाई कटाई र व्युटी पार्लर) तालिमको समापन गरिएको
हो । तालिममा साविकको ५० वटा गाविसबाट १÷१ जना सहभागी भएका थिए ।

महिला तथा बालबालिका कार्यालयले तालिम पछि व्यवसाय शुरु गर्नका लागि टेवा पुँजी समेत दिने भएको छ । प्रत्येक सहभागिलाई ६ हजारका दरले टेवा पुँजी कार्यालयले दिने प्रमुख महिला विकास अधिकृत दुर्गा भण्डारी वरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार टेवा पुँजीबाट व्यवसाय शुरु गर्न सहज हुनेछ। समापन कार्यक्रममा तालिमका सहभागीहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल,जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोज यादव लगायतले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.