अजुन जम्नेली राई-मोरङ, असार १९ गते । रातो तारा डट कम,निर्वाचन गराउन आएको अधिकृतले एमालेको एजेण्टको रुपमा काम गरेको भन्दै मोरङको पथरीशनिश्चरे नगरपालिकाको मतनगणा केन्द्रमा नाराजुलुस भएको छ।
पथरीशनिश्चरे नगरपालिकामा निर्वाचन गराउन आएका अधिकृत चेतकुमार पोखरेललाई पटक पटक सचेत गराउदासम्म नसच्चिएर एमालेको एजेन्टको रुपमा काम गरेको भन्दै कांग्रेस, माओवादी केन्द्र लगायत आठ वटा संगठनले मत गणना बहिस्कार गरेको छ । मत गणना केन्द्र पथरीबहुमुखी क्याम्पसको गेटमा नाराजुलुसपछि धर्ना सुरु भएको छ ।
नगरपालिकाको ९ नम्बर मगणनणा गर्दा धाँदली भएको भन्दै नेपाली कांग्रेस लगायतका दलहरुले हिजो साँझ मत गणना भएको मध्ये शंका भएको एक स्थानको मत पुन गणना गर्न माग गर्दै अधिकृत पोखरेललाई निवेदन दिएका थिए ।
छ ठाउँमा मत गणना भएको थियो । जसमध्ये एक ठाउँ गणक रोहिनीप्रसाद घिमिरेले रुख भन्नु पर्ने स्थानमा सातै ठाउँ सुर्य भनेको नेपाली कांग्रेसका प्रतिनिधिको भनाइ छ । प्रतिनिधिले रामरी हेरेपछि तीन पटकसम्म सच्याएको नेपाली कांग्रेसका नगरप्रतिनिधि टेकबहादुर थापाले बताए ।
गणत घिमिरे शिक्षक हुन् । उक्त विषयमा कुरा गर्न फोन सम्पर्क गर्दा घिमिरेको फोन लागेन । उक्त स्थानमा नौ सय मत गणना भएको थियो । पटक पटक विवाद भएपछि त्यहाँ अन्य ठाउँमा भन्दा करिव दुई घण्टा बढी समय लागेको थियो । गणना भइसकेपछि पनि सुर्यको १०३ हुनुपर्नेमा १४८ मत लेखेको पाइएको कांग्रेसकी उपमेयरका उमेद्वार प्रेमिला राईलाईले बताए ।
विवाद रहेकै बेला वडा अध्यक्षमा कांग्रेसलाई आठ मतको अन्तरले एमाले विजय घोषणा गर्न लाग्दा आठ वटा संगठनले विवादित एक स्थानको मत पुन गणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृत चेतकुमार पोखरेललाई निवेदन दिएका थिए।
अधिकृत पोखरेलले उक्त निवेदनको प्रबाह नगरी एमालेका वडा अध्यक्षका उमेद्वार भानुभक्त राईलाई निर्वाचित भएको घोषणा गरेपछि अन्य दल थप आक्रमक भएको थियो ।
कांग्रेसको उक्त वडामा वीरबहादुर राई वडा अध्यक्षको उमेद्वार हुन । निर्वाचन अधिकृतले एकलौटी रुपमा एमालेको काम गरेको आरोप लगाउदै अन्य दलका प्रतिनिधिहरुले मत पेटिका भएको ढोकामा ताला लगाएर मतदान केन्द्र बाहिरीएका थिए।
आज (सोमबार) बिहानै आठ वटा संगठनको बैठक बसेर निर्वाचन अधिकृत चेतकुमार पोखरेल अफै लागेर गणनामा अनियमिता गरेको, पटक पटक सच्याउदा समेत कुनै प्रबाह नगरी एकलौटी रुपमा एमालेलाई जिताउन सक्रिय रहेको निष्कर्ष निकाल्दै विवादिन ९ नम्बर वडाको पुन मत गणना नभए आन्दोलन गर्ने निर्णय गरेको छ ।
आठ वटा संगठनले संयुक्त विज्ञप्ति प्रकाशन गरी ९ नम्बर वडाको मत पुन गणना हुनुपर्ने, धाँदली गर्ने निर्वाचन अधिकृत र उनलाई सहयोग गर्ने प्रहरी प्रमुखहरु लगायत सम्पूर्ण कर्मचारीहरु परिवर्तन गर्नुर्ने लगायतको मग राखेर गणना स्थल पथरी बहुमुखी क्याम्पसको गेटमा नारा जुलुस गरेका थिए ।
आक्रोसित कार्यकर्ताहरुले निर्वाचन अधिकृत मुर्दावाद, एमाले करण मुर्दावाद, ९ नम्बर वडाको मत पुन गणना गर लगायतको नारा लगाएका थिए । केही बेर नारा जुलुसपछि गेटमा धर्नामा बसेका छन् । संयुक्त विज्ञप्तिमा कांग्रेसका टेकबहादुर थापा, माओवादी केन्द्रको बालकुमार मागर(बिकास), राष्ट्रिय प्रजातन्त्र पार्टीका हरेन्द्र खत्री, संघीय समाजवादी फोरमका प्रेम वनेम, संघीय लिम्बुवान मञ्च नेपालका भबिराज लिम्बू, नयाँ शक्ति नेपालका दुर्गाप्रसाद तामाङ, स्वतन्त्र नागरिक समाजका प्रतिनिधि धनकुमार तामाङ, राष्ट्रिय जनजागरण नेपाल लगायतको प्रतिनिधिको हस्ताक्षर रहेको छ ।
हिजो साँझ डिस्कसको क्रममा निर्वाचन अधिकृत चेतकुमार पोखरेलले कांग्रेस नेतृत्वको सरकारले सरुवा लगायतको कारबाही गरेपछि निर्णबाट पछि नहट्ने घमण्डी कुरा गरेको कांग्रेसको मेयरका उमेद्वार गणेश खण्काले बताए ।
सञ्चारकर्मीको सम्पर्कमा अधिकृत पोखरेलले दलहरुले दिएको संयुक्त निवेदन अस्वीकृत भएको निर्णयको पत्र दिवेदकको घरमा पोष्ट गरिएको बताए । दलका प्रतिनिधिहरु नआएपनि ताला फोरेर कर्मचारीहरुको रोहोवरमा मत गणना हुने अधिकृत चेतकुमार पोखरेलले बताए ।
पथरीमा निर्वाचन अधिकृत र प्रहरी अधिकृतहरुको व्यवहार प्रति दलका नेता कार्यकर्ताहरु अगाडिदेखि नै रुष्ट रहदै आएका थिए । वडा नम्बर १ को मतदानहुदाँ एउटै व्यक्तिले अशक्तको नाममा ६ भोटसम्म सुर्यमा मतदान गरेको पत्ता लगाई सातौ पटकमा एमाले कार्यकर्तालाई स्वतन्त्र वडा अध्यक्षका उमेद्वार धनकुमार तामाङले पक्रेका थिए । पक्राउ परेका व्यक्तिलाई अधिकृत पोखरेल र प्रहरी प्रमुखहरुले कुनै कारवाही नगरी छाडेको स्वतन्त्र उमेद्वार धनकुमार तामाङको गुनासो छ । ९८४२०४६९०८ अर्जुन

Post a Comment