काठमाडौ, असार १८ गते । रातो तारा डट कम,सोसल नेटवर्किङ कम्पनी फेसबुकले आफ्नो, find wifi फिचर विश्वका सबै प्रयोगकर्तालाई उपलब्ध गराउने निर्णय गरेको
छ ।
विश्वका दुई अर्वभन्दा धेरै आइओएस तथा एन्ड्रोइड प्रयोगकर्ताका लागि, find wifi फिचर उपलब्ध गराउने भएको हो।
फेसबुकले परीक्षणको रुपमा अघिल्लो वर्ष यो फिचर सुरु गरेको थियो । केही देशका एप्पल प्रयोगकर्ताले मात्र यो फिचर उपयोग गर्न पाइरहेका थिए ।
फेसबुकका इन्जिनियरिङ डाइरेक्टर एलेक्स हिमेलले आफ्नो ब्लग पोष्टमा लेखेका छन्ः हामी आफ्नो फिचर, find wifi विश्वभर आइओएस तथा एन्ड्रोइड प्रयोगकर्तासम्म विस्तार गर्नका लागि तयार छौँ । हामीले गतवर्ष केही देशमा यो फिचर सुरु गरेका थियौँ ।
उनका अनुसार यो फिचर यात्राका क्रममा मात्र नभई मोबाइल नेटवर्क खासै गुणस्तरीय नभएका ठाउँहरुमा पनि निकै उपयोगी हुने उनको भनाई छ ।
यो फिचरले प्रयोगकर्ताहरुलाई आफु आसपासको वाइफाइ हटस्पट पहिचान गर्नमा सहयोग गर्दछ । जसलाई विभिन्न कम्पनीहरुले आफ्नो फेसबुकको माध्यमबाट शेयर गरेका हुन्छन् । त्यसैले तपाइँ जहाँ हुनुहोस् यदि तपाइँको मोबाइलको नेटवर्क राम्रो छैन भने तपाइँ नजिकैको डाटा कनेक्सन खोज्न सक्नुहुन्छ ।
यसका लागि फेसबुक प्रयोगकर्ताले फेसबुक एपको More नामक ट्याबमा क्लिक गर्नुपर्नेछ । त्यहाँ find wifi नामक ट्याबको विकल्प देखिनेछ । फाइन्ड वाइफाइ ट्याब अन गरेसँगै प्रयोगकर्ताले नजिकैको डाटा नेटवर्क पत्ता लगाउन सक्नेछन् । र मोबाइलमा इन्टरनेट कनेक्ट गर्न सक्नेछन् । एजेन्सी
Post a Comment