बिराटनगर भदोै १३ गते । रातो तारा डट कम,
स्थानीय प्रशासनले वर्षातको समयमा खोलानालाबाट ढुंगागिटी बालुवा उत्खनन तथा निकासीमा प्रतिबन्ध लगाएपनि उतरी मोरङको केराबारी स्थित खदम खोला, हचुवा खोला, मुगु खोलामा रातभर ढुंगा गिटी चोरिने क्रम नरोकिएकोमा स्थानीयवासीहरुले चिन्ता व्यक्त गरेका छन् ।
खोलामा ट्याक्टर टिपर प्रवेश गरे २५ हजार जरिवाना लिई कार्वाही गर्न जिल्ला समन्वय समितिले मातहतका निकायलाई सर्कुलेसन गरेपनि बाढी पहिरोको उद्धारमा राजनीतिक संयन्त्रहरु परिचालित भइरहेको बेला, प्रहरीको सेटिङमा व्यवासायीहरुले ढुंगा गिटी चोर्ने गरेको स्थानीयले बताएका
छन् ।
खोलामा जथाभावि ढुंगा उत्खनन गरेकै कारण बाढीले नराम्रो क्षति पुरयाएको छ । सयौं विघा खेतियोग्य जमिन कटान गरी बगरमा परिणत भएको छ । खोलाको सतह गहिरिएका कारण एक महिना यता केराबारी ४,५,६,७,९ नम्बर वडाको आवागमन बन्द झै भएको छ । पहिराले मोटरबाटो क्षत विक्षत बनेपछि उतरी पहाडी क्षेत्रको वडापालिकाहरुमा आवागमन ठप्प छ ।
वाढीले केराबारीका सिचाई पैनीहरुमा नराम्ररी क्षति पुगेको छ । भुक्षय तथा बाढीका कारण कूलो पैनी क्षत विक्षत बनेका छन् । सार्वजनिक कुलो पैनी मर्मत गर्न चाहिने आवश्यक ढुंगा समेत उठाउँन नदिएको भन्दै सिचाई पैनीका उपभोतmाहरुले आपति जनाएका छन् । कूलो पैनी र सार्वजनिक कामका लागि ढुँगा उठाउँदा गाउँपालिकाको सिफारीस लिएर आइज भन्छन् तर रातभर ट्याक्टर व्यवसायीलाई ढुंगा चोराउँन कुनै सिफारीस नै चाहिन्दैन यो कस्तो नियम हो जनसहयोग सिचाई पैनीका पदाधिकारीहरुले संञ्चारकर्मीसंगको कुराकानीमा असन्तुष्ट पोखेका छन् ।
कानुनले तोकेको नीति नियम पालना गराउँने निकायहरु इलाका बन कार्यालय,इलाका प्रहरी कार्यालय,सशस्त्र प्रहरी र सम्बन्धित निकायले उचित पहल कदमी नलिदा अवैध चोरी निकासी रोक्न नसकिएको हो । ढुंगा चोरीमा प्रहरीको संलग्नता भएकोबारे मोरङका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यलेले अहिले आपतकालिन अवस्था र राहतका काममा वाहेक कही कतै खोलामा ट्याकटर टिपर पस्न नदिएको र त्यसतो भेटिए कार्वाही गर्ने बताउनुभयो ।
लाचार र निरीह बने जनप्रतिनीधि ,चुपचाप छन् नियमनकारी,
खोलामा बिकृति र विसंगति कति छ ? भन्ने कुरा भनिसाध्य
छैन । मोरङको केराबारी स्थित खदम ,हचुवा,मुगु खोलामा गएर त्यहाँका दृश्य हेरे पुग्छ । केराबारीका स्थानीय समाजसेवी राजनीतिककर्मी सहित संञ्चारकर्मीको टोली खदम खोलाको अनुगमन पछि ,मुगु खोलामा पुगेका थियौं । मुगु खोलाको निर्माणाधिन पुल दक्षिणपटि ट्याक्टर र टिपरको बजार लागे झै थियो ।
पुलको उत्तरपटि खोलाको विच भाग बाढी बगिरहेको सथानबाट स्क्याभोटरले गिटी झिक्दै टिपरमा लोड गर्दै थिए । हाम्रो टोली त्यहाँ पूग्ने वितिकै त्यो दृश्य कैद गरयौं । दृश्य कैद गरेको देखेपछि । गाडी धुन पसे झै गरेर आफनो काम रोके र गाडी सफा गर्न लागे । दृश्य हेर्दा लाग्थ्यो नियम कानुन नै केही छैन ।
नदिजन्य पदार्थ उत्खनन र चोरी निकासी भइरहदा यसको दिर्घकालिन नीतिको असरको वारेमा राजनीतिक स्तरवाट अहिले सम्म केराबारीमा कहिल्यै छलफल र बहस भएको पाइन्दैन । स्थानीय श्रोत साधनको समुचित प्रयोगका लागि कस्तो दिर्घकालिन नीति वनाउँदा हुन्छ ? यहाँको उर्बर भूमिको सुरक्षा कसरी गर्न सकिन्छ ? चुरे क्षेत्रको संरक्षण गर्न जनप्रतिनीधिले जनतासंग कस्तो भूमिका खेल्नुपर्छ भन्ने विषयमा छलफल हुन त परै जावस स्थानीय तहको जिम्बेबारी पाएका गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुको जवाफ त झन लाज मर्दो पान्इन्छ । केराबारी गाउँपालिकाको अध्यक्ष रोहित कार्की भन्नुहुन्छ म एक्लैले के गर्ने मैले मात्रै रोके सबै म माथि आइलाग्छन् । सवै वडाका अध्यक्ष तथा प्रतिनीधिहरुले बोल्नु पर्यो नि ।
त्यसो त खोलामा अनाधिकृत रुपमा ढुंगा चोरी तस्करी वढ्नुमा केही वडाका वडाध्यक्षहरु नै टिपर र ट्याक्टर व्यावसायी भएकै कारण नियन्त्रण गर्न असहज बन्ने गरेको छ । कुने न कुनै रुपमा व्यवासायीहरु क्रसर उद्योगमा संलग्न रहदा नियन्त्रण गर्ने कुरै आउदैन वरु कसरी व्यवसाय पनि वढाउन सकिन्छ नाफा नोक्सानको कुराले दिर्घकालिन नीति वनाउन नसकिएको पाइन्छ । खोला संरक्षणको कुरा गर्दा व्यावसायमा असर पर्ला , व्यावसायमा आवद्ध शुभचिन्तक तथा कार्यकर्ताहरु भड्कियला भन्ने डरले पनि चुरे संरक्षणमा अभियानमा वाधा पुगेकोे स्थानीयवासी बताउछन् ।
कसरी हुन्छ ढुंगा तस्करी ? प्रहरीले कति लिन्छन् पैसा ?
रातको ८ वजेदेखि विहान ५वजेसम्म खोलामा पसेका ट्याक्टरहरुले चुरे संरक्षित क्षेत्रवाट ढुंगा उठाई आफनो अनुकुलतामा स्टक गर्ने गरेका छन् । खोलामा जुन ट्याक्टरले नियमित प्रहरीलाई पैसा वुझाउँछ या दुइचार पैसा दिन्छन् । ति ट्याक्टरले मात्रै प्रवेश पाउने गरेका छन् । पैसा नतिर्ने ट्याक्टर प्रवेश गरे ति ट्याक्टरलाई क्षणभरमै पक्राउ गराउँने र पैसा तिर्न लगाउँने गरेका छन् । पक्राउ परेका गाडीलाई साप्ताहिक रुपमा पैसा वुझाउँने सर्तमा मान्न तयार भए प्रवेश पाउने नतिरे कार्वाही गर्न सम्बन्धित ठाउमा कार्वाहीका लागि अघि वढाउँने गरेका छन् ।
साप्ताहिक रुपमा पैसा लिएका ट्याक्टरहरुको सुरक्षा प्रहरीले गर्ने गरेका छन् । जिविस जिवका ितथा सेक्टरवाट बन कर्मचारी , प्रहरी अनुगमनमा आए नआएको, हेरदेख गर्ने र आएको सूचना पाउँन साथ व्यवसायीलाई सूचना चुहावट गरी खोलाबाट भगाउँने गरेको पाइएको छ । यस वाहेक व्यवसायीहरुले नै केही युवाहरुलाई पैसा दिएर बजार चोक तथा गौडामा खटाउने गरेका छन । केराबारीमा एकसय वढी ट्याक्टरहरु संञ्चालनमा छन् ।
संगठित रुपमा पैसा वुझाउने ट्याक्टरको संख्या मात्रै ५० देखि ७० सम्म रहेको श्रोतले बताएको छ । प्रहरीले एक ट्याक्टर बराबर साप्ताहिक पाक्षिक तथा मासिक रुपमा २ देखि १० हजार सम्म लिने गरेका छन् । प्रति ट्याक्टर २ हजार मात्रै लिदा पनि मासिक ८ हजार हुन्छ यसरी ५० ओटा ट्याक्टवाट ८ हजारका दरले मात्रै हिसाव गर्दा पनि प्रहरीले एक महिनामा ४ लाख वढी रकम असुल्ने गरेको श्रोतले वताएको छ ।
विश्वका विकसित मुलुकहरुले कृत्रिम वस्तुको सृजना गरी पर्यटकिय क्षेत्रको रुपमा आर्कषण बढाउँछन तर हामी संग भएका प्राकृतिक वस्तुहरुको संरक्षण हुन सकेको छैन । यतिवेला पर्यावरणिय क्षेत्रको असर र प्रभावको वारेमा चौतर्फी चासो र चिन्ता बढिरहेको छ । भावि पुस्ताको लागि अहिले नै संरक्षण नगरे हाम्रो पूस्ता संकटमा पर्ने देखिन्छ । यसविषयमा यस्तो धन्दा रोक्न प्रहरी नियमनकारी निकाय स्थानीय जनता सक्रिय बन्न जरुरी छ । यस्ता गलत कार्यको रमिते मात्रै बन्ने
हो । होइन भने कसले रोक्ने यस्तो बदमासि सचेत बन्ने अवस्था आएको छ।
सरकारले अरवौ रुपैया खर्चेर संरक्षण गर्न बनाइएको राष्ट्रपति चुरे संरक्षण अभियानको संरक्षण गर्नु हामी सवैको दायित्व हो ।मापदण्ड विपरीत नियम मिचेर संचालनमा रहेका अवैध ढुंगा गिटी चोरी तस्करीलाई रोक्न पहल नगर्ने हो भने यस क्षेत्रमा रहेको हजारौं विघा अर्वराभूमि जमिन मरुभुमिकरण हुन सक्ने निश्चित छ यसका लागि अधिकार प्राप्त निकायहरु सचेत बन्न पर्छ कि पर्दैन ? यसको जवाफ देहि को बन्ने ? हाम्रो भन्नु यति (यो समचार केरावारि डट कमबाट लिएको हो)