(फाएल फोटो)
विराटनगर साउन २३ गते । रातो तारा डट कम,विराटनगर स्थित वार्ड.नं. ७ मा रहेको बालमन्दिर आधारभूत विद्यालयको भबन जिर्णोदार गरी राउण्डटेवलले हस्तान्तरण गरेको छ ।
कुल २० लाख लागतमा जिर्णाेदार गरी राउण्डटेवलले बाल मन्दिर आधारभूत विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।
नेपालका केन्द्रिय अध्यक्ष टेबलर निखिल जैसानी एक कार्यक्रमका विच विद्यालयको भवन जिर्णोद्धार गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरे । वि.स. २०२६ सालमा स्थापना भएको बाल मन्दिर विराटनगरको पुरानो विद्यायलय पनि हो ।
कार्यक्रममा नेपाल बाल संगठनका अध्यक्ष अर्जुन निरौला,सचिव राजु मास्के,राउण्ड टेवलका तर्फबाट विद्यालय जिणोदार समितिका संयोजक हरिबंश राठी,सहसंयोजक सुनिल धनावत राउण्डटेवलका नेपाल विद्यलय प्रोजेक्टका प्रफुल डागाँ,सिटी कोडिनेटर श्याम राठी लगायतको सहभागिता रहेको थियो ।
Post a Comment