रबिन्द्र बराल-रंगेली,माेरङ,साउन २० गते । रातो तारा डट कम,महिला सहितकाे सवाल समृद्ध नगर सबैकाे रहर भन्ने मुलनाराका साथ,रंगेलीमा आज कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले पानसमा बती बालेर उदघाटन गर्नु भएको
थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बगडियाले नगरमा जसले
राम्रो काम गर्छन उनीहरूलाई नगरले सहयोग गर्नेछ भन्नु भयो।
कार्यक्रममा रंगेली ,दर्वेशा,रन्जनि, बबियाबिर्ताका हजारौं महिलाहरुकाे सहभागीता रहेकोे थियो ।
साे अवसरमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई दाेसल्ला अाेढाएर महिलाहरूले सम्मान समेत गरेका थिए ।
कार्यक्रममा रंगेली नगरपालिकाका उप मेयर केशव कुमारी खराल,रंगेली नगरपालिकाका अधिकृत लक्ष्मीप्रसाद रेग्मी, रंगेली अस्पतालका प्रमुख डा. समीर पाैडेल, रंगेली जन्ता क्याम्पसका प्रमुख लाेचन खतिवडाले पनि आफना कुरा
राख्नु भएको थियो।
कार्यक्रमकाे सभापतित्व महिला सञ्जाल कि अध्यक्ष चन्द्र कला खड्काले गर्नु भएको थियो।
Post a Comment