विराटनगर साउन २३ गते । रातो तारा डट कम,
विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले कार्यक्रममा गएर भाषण गर्ने भन्दा जनताका कुरा सुनेर नगरका समस्या समाधानमा जुट्ने बताउनु भएको छ ।
विराटनगर महानगर १५ नं.वार्ड रानीका स्थानीय बासिले गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । मेयर पराजुलीले आफु भाषण गरेर आफ्ना कुरा लाद्ने भन्दा पनि जनताका गुनासा सुनेर काम गर्ने बताउनु भयो ।
जनताका समस्या र गुनासोलाई प्राथमिकताका आधारमा हल गर्दे जाने उहाँले बताउनु भयो । विराटनगरमा ढलनिकास,बाटो,खानेपानीको समस्या रहेको भन्दै मेयर पराजुलीले चाढैनै नगरवासीले राहत पाउने बताउनु भयो ।
मिल्सएरिया रानीमा मिल जती बन्द भएर एरियामात्र बाकी रहेकाले पुन उद्योगहरु शुचारु गर्न महानगर लागेको बताउनु भयो । २ वर्ष भित्र युवापुस्ताले रोजगारी पाउने गरी उद्योगहरु सञ्चालनमा ल्याइने मेयर भीम पराजुलीको भनाई थियो ।

Post a Comment