Websoft University

फारवीसगंज–जोगवनी सडक मर्मत हुनुपर्ने


बिराटनगर भाद्र ८ गते । रातो तारा डट कम,
यस क्षेत्रका उद्योग÷व्यवसायको भारत तथा तेश्रो मुलुकको आयात निर्यातका लागि मेरुदण्डको रुपमा रहेको भारत, विहारको फारवीसगंज–जोगवनी सडक मार्गमा पर्ने परमान नदिको मिरगंज पूल केही दिन अघि आएको वाढीबाट क्ष्ँतिग्रस्त भएकाले भारत प्रशासनले उक्त पुलबाट चल्ने हेभी सवारी साधन आवत जावतमा पूर्ण रुपमा वन्देज लगाउनाले यस क्ष्ँेत्रका उद्योग÷व्यवसायको कच्चा पदार्थ तथा उत्पादित वस्तु लगायत दैनिक उपभोग्य वस्तु आयात निर्यातमा कठिनाई सृजना भई आर्थिक तथा औद्योगिक क्षेत्रमा नै प्रतिकुल प्रभाव पर्न गएको प्रेस  विज्ञप्तिमा उल्लेख गरेकोछ ।

यस विषम् अवस्थालाई मनन् गरी उक्त पूलको मरम्मत सम्भार नहुन्जेल सम्म यस क्ष्ँेत्रको आयात निर्यात सहज वनाउन विकल्पको रुपमा रहेको भांटावारी–भीमनगर छोटी भंसार प्रयोग गर्न पाउने अनुमतिका लागि उद्योग संगठन मोरंग र मोरंग व्यापार संघको संयूक्त पहलमा भएको प्रयास स्वरुप आज नेपाल सरकार तर्फबाट मोरंगका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्य, विराटनगर भंसार कार्यालयका अधिकृतहरु र भारत सरकारका तर्फबाट जोगवनी भंसारका डेपूटि कमिस्नर पवन कुमार वीच विराटनगरमा भएको सहमति अनुरुप भांटावारी–भीमनगर मार्ग २०७४ भाद्र ०८ गते देखि औद्योगिक आयात निर्यातका लागि प्रयोगमा ल्याउने सहमति भएको छ ।

यस क्ष्ँेत्रका उद्योगी÷व्यवसायीले केही दिन देखि भोग्दै आएको समस्यालाई समाधान गर्न उद्योग संगठन मोरंग र मोरंग व्यापार संघको निरन्तर प्रयासमा भएको सहमतिलाई मुर्तरुप दिन सक्रिय भूमिका निर्वाह गर्नु हुने नेपाल सरकारका स्थानीय प्रशासनका प्रतिनिधिहरु, नेपाल तथा भारतको भंसार कार्यालयका अधिकृत एवं प्रतिनिधिहरु प्रति दुवै संस्था आभार व्यक्त गर्दछ ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.