Websoft University

प्रदेश नं.१ को राजधानी विराटनगरनै हुन्छ

विराटनगर साउन १७ गते । रातो तारा डट कम,
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डां.शेखर कोइरालाले प्रदेश नम्बर एकको राजधानी विराटनगर हुने बताउनु भएको छ । यसका लागी विराटनगरबासीको जागरुकता आबश्यक भएको कोइरालाले बताउनु भयो ।
बसपार्क टोलविकास संस्था विराटनगरद्धारा मंगलबार आयोजित नवनिर्वाचित जनप्रतिनीधिहरुको सम्मान कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताउनु भएको हो । उहाले विराटनगरको ऐतिहासिकता,प्रजातन्त्र प्राप्तिको उद्गम थलो भएको र सवै कुराले विराटनगर प्रदेश नं १को राजधानी हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।

देशको समग्रविकासका लागी काग्रेसले पहल कदमी लिने र चाढैनै विराटनगरमा भौतिक पूर्वाधार विकासका लागी ठूलो लगानी भित्रन लागेको जानकारी दिनु भयो । उहाँले संविधान कार्यान्वयनका लागी सवैदल सचेत नभए पाएका उपलव्धि गुम्ने खतरा अझै बाकी रहेको बताउनु भयो ।

दलहरु आपसी मेलमिलाप टाढिदै जानु खतराको शंकेत भएको भन्दै कोइरालाले सवैदलले सहमति गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.