काठमाडौँ भदौ ९ गते । रातो तारा डट कम,महानगरी ट्राफिकप्रहरी महाशाखाले पटकपकटमादकपदार्थसेवन गरी सवारी साधान चलाउने ३४८ जनाको चालकअनुमतिपत्र(लाइसेन्स) निलम्बन गरेको छ ।
महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले पाँचा पटकसम्म लाइसेन्समा प्वाल पार्ने र छैटौँ पटकमा पनि मादकपदार्थ सेवन गरी सवारी साधान चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने गरिएको बताउनुभयो ।
महाशाखाले विस २०६९ मङ्सिर २२ गतेदेखि मादकपदार्थ सेवन गरी सवारी चलाउने सवारी चालकको लाइसेन्स प्वाल पार्न थालेकामा हालसम्म एक लाख ४६ हजार ४९६ चालकको लाइसेन्स प्वाल पारिसकेको छ । जसमा पहिलोपटक प्वाल पर्ने एक लाख १० हजार २१, दोस्रोपटक २४ हजार ४३७, तेस्रोपटक सात हजार ९५४, चौथोपटक दुई हजार ७५३ र पाँचौँपटक ९७८ जना सवारी चालक पुगेका
छन् ।
महाशाखाले आर्थिक वर्ष २०६९÷७० मा २२ हजार २७२, २०७०÷७१ मा ४८ हजार ६६९, २०७१÷७२ मा ३१ हजार ८२४, २०७२÷७३ मा २४ हजार १०२ र २०७३÷७४ मा १९ हजार ६२४ जना सवारी चालकको लाइसेन्समा प्वाल पारेको जनाएको छ ।
महाशाखाप्रमुख खनालले पछिल्लो समयमा मापसे गरी सवारी साधन चलाउने चालकको सङ्ख्यामा कमी भएको बताउनुभयो ।
Post a Comment