Websoft University

निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा सुझाव संकलन


विराटनगर, साउन १८ गते । रातो तारा डट कम,निर्वाचन क्षेत्र निर्धारण आयोगले  हिजो विराटनगरमा संसदीय क्षेत्र निर्धारणका लागि राजनीतिक दल र सरोकारवालासँग राय सुझाव संकलन गरेको छ ।

सो अवसरमा उनीहरुले मोरङमा कम्तीमा सातवटा संसदीय निर्वाचन क्षेत्र हुनुपर्ने, जनसङ्ख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने तथा आयोगले निष्पक्ष ढंगले क्षेत्र निर्धारण गर्नुपर्नेलगायतका सुझावहरू दिनुभएको थियो ।

कार्यक्रममा निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य गणेशराज कार्कीले आयोगले निर्धारित समयसीमाभित्र क्षेत्र निर्धारण कार्य सम्पन्न गर्न अहोरात्र खटिरहेको जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद शेखर कोइरालाले यो संवैधानिक आयोग भएकाले आयोगको निर्णय निष्पक्ष हुने विश्वास व्यक्त गर्दै मोरङमा कम्तीमा सातवटा निर्वाचन क्षेत्र हुनुपर्ने माग राख्नुभयो ।

नेकपा(एमाले)मोरङका अध्यक्ष विनोद ढकालले क्षेत्र निर्धारण गर्ने क्रममा स्थानीय तह र जातीय समूहलाई प्रभावित नपर्ने गरी कार्य गर्नुपर्ने बताउँदै मोरङमा सातवटा संसदीय क्षेत्र निर्धारण हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपा(माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गणेश उप्रेतीले जनसङ्ख्या र भुगोलका आधारमा क्षेत्र निर्धारण हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपाल मोरङका अध्यक्ष राजकुमार यादवले जनसंख्याको आधारमा क्षेत्र निर्धारण हुनुपर्ने बताउनुभयो ।

नेपाल लोकतान्त्रिक फोरमका जिल्ला अध्यक्ष भक्ति माझीले जातीय समूहका आधारमा क्षेत्र निर्धारण हुनुपर्ने सुझाव दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.