Websoft University

पत्रकार कोषलाई साहित्य चौतारीको सहयोग

झापा - भदौ ११ गते । रातो तारा डट कम,
साहित्य चौतारी बिर्तामोडले नेपाल पत्रकार महासंघ झापा शाखाको उपचार कोषलाई रु ५५ हजार ५५५ प्रदान गरेको
छ ।

संस्थाको १८औँ वार्षिककोत्सवको अवसरमा हिजो बिर्तामोडमा संस्थाका अध्यक्ष टंक विकल्पले महासंघका उपाध्यक्ष एवं कोषका संयोजक एकराज गिरीलाई सो रकम प्रदान गर्नुभएको हो ।

पत्रकार महासंघले कोषको रकम रु एक करोड पु¥याई त्यसको ब्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने गरी कार्य अघि बढाएको छ । हालसम्म रु ३० लाख कोषमा जम्मा भइसकेको महासंघका उपाध्यक्ष एवम् कोषका संयोजक गिरीले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.