काठमाडौ भदौ ४ गते । रा
दिउसो नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन उद्घाटनपछि बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ कांग्रेस–माओवादीका शीर्ष नेताको बैठक बस्यो । बैठकमा कांग्रेस भातृ संगठन नेपाल प्रेस युनियन र माओवादी भातृ संगठन प्रेस सेन्टर नेपालका पदाधिकारीहरुलाई पनि आमन्त्रण गरिएको थियो ।
युनियन निकट पत्रकारहरु पोषण केसी, रामजी दाहाल र पत्रकार महासंघमा सत्ता गठबन्धन दलका पदाधिकारीका उम्मेदवारलाई पनि डाकिएको थियो ।
नेपाल पत्रकार महासंघमा दुवै पार्टी निकट संगठनका पत्रकारहरुलाई मतदानको कडा ह्वीप जारी गर्नेगरी बोलाइएको बैठकमा महांघलाई पेशागत पत्रकारहरुको छाता संगठन बनाउने विचार राख्दै आएका पत्रकारहरुलाई ह्वीप जारी गरिएको थियो ।
बैठकमा सहभागि प्रेस युनियन सम्बद्ध एक पत्रकारका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहालले विषयप्रवेश गर्दै महासंघको चुनावलाई महासंघको चुनावका रुपमा मात्र नसोच्न आग्रह गर्नुभएको थियो ।
‘हामी अलग पार्टीमा आवद्ध साथीहरु यहाँ छौं, तर हामी लामो समयसम्म संयुक्त रुपमा जाँदैछौं’ दाहालको भनाई उद्धृत गर्दै उहाँले भन्नुभयो, ‘तपाईंहरु यो चुनावलाई पत्रकार महासंघको चुनावका रुपमा मात्रै नलिनुहोला, यो देशको राजनीतिबाट एमाले नसिध्याई हामी छुट्टिनेछैनौं ।
त्यसै यो गठबन्धन भएको होइन, बुझ्नुहोला ।’ दाहालले अव हुने संघीय र प्रादेशिक संसदको चुनावमा पनि एमाले विरुद्ध एक ठाउँ रहन सक्नेजति सबै शक्तिहरु एकजुट भएर जाने तयारी भएको र पत्रकार महासंघको चुनावलाई त्यसै रुपमा बुझेर ब्यवसायिक मर्यादाको कुरा मात्रै नगर्न आग्रह गर्नुभयो ।
त्यसको दुई दिनअघि माओवादी अध्यक्ष दाहालले पार्टी निकट पत्रकारहरुको भेलामा एमाले सिध्याउन कांग्रेससँग सहकार्य गरेको वताउनु भएको थियो ।
Post a Comment