Websoft University

६ महिना अगि बेचेको उखुको रकम भुक्तानी नपाए पछि किसान आन्दोलित हुने


बिराटनगर,साउन १८ गते । रातो तारा डट कम,कोशी उखुउत्पादक संघ सुनसरी मोरङ र मोरङ सुनसरी उखु उत्पाद संघ,बुर्जु गाउँपालिकाको सकृयतामा आज बिराटनगरमा सरोकार वालाहरु संग अन्तकृय कार्यक्रम भयो ।

सुनरीको बुर्जु गाउँपालिकाको वडा न ५ मा अवस्थित इष्टर्न सुगर मिलले आ. व. २०७३ /०७४ मा उखु किसानहरुले मिललाई बेचेको उखुको मुल्य आज सम्म नपाउदा किसानहरु अहिले कर्जामा डुबेका छन र आर्थिक रुपले टाट पल्टीए सकेको भन्दै अव उखु मिल मालिकहरुले किसानको कुरा नसुने वा सम्जौता अनुसार उखुको दाम भुक्तानी नगरे किसाहरु आन्दोलित हुने भएका छन विज्ञप्तिमा भनिएकोछ ।

दुई उखु संघका अध्यक्ष शैलन्द्रराज पाण्डे र शिवलाल चौधरीको दस्तखत भएको विज्ञप्ति बितरण गरिएको थियो । विज्ञप्तिमा उल्लेख भए अनुसार ८ लाख ६ हजार ४१ क्वीन्टल उखु किसान संग लिदा त्यसको मुल्य रु ४२ करोड हुन आउछ,त्यस मध्ये किसानरुले सिजनमा रु १० करोड भुक्तानी भए पनि ३१ करोड भुक्तानी पाउन बाँकी रहेकोछ ।

६ महिना बितिसक्ता पनि किसानले रकम भुक्तानी नपाएको भन्दै आन्दोलित हुने भएका छन । सो अन्तरकृय कार्यक्रममा मोरङ सुनसरीका उखु किसानहरु, जनप्रतिनिधिहरुलाई पनि बोलाईएको थियो ।

कार्यक्रमका अध्यक्ष तथा बुर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नु भयो - यदि मिल मालिकहरुले किसानका कुरा सुनेनन् र बाँकी रकम भुक्तानी छिटो भएन भने साउन १९ गते किसान भेला बोलाउने त्यो भेलाबाटै मिलको बिरुद्घमा २१ गते देखि किसान आनदोलन सुरु गरिने जानकारी गराउनु भएकोछ ।

उपस्थित सबै किसान जनप्रतिनिधिहरुले उल्लेखित कुराहरुलाई नै समर्थन गर्दै आ-आफना कुराहरु अन्तरकृय कार्यक्रममा राख्नु भएको थियो ।

किसान र मिल सन्चालक बिच भएको
सम्जोैता पत्र तल:-



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.