काठमाडौं, भाद्र ७ गते । रातो तारा डट कम,
नक्कली प्रमाणपत्र पेश गरी सरकारी जागीर खाइरहेका एक जना कर्मचारी अख्तियारको फन्दामा परेका छन्।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागीर खाइरहेको पुष्टि भएपछि जिल्ला शिक्षा कार्यालय उदयपुरका सवइन्जिनियर पिताम्बर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
आरोपी यादवले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागीर खाएकोबारे छानविन गर्न परेको निवेदनका आधारमा अनुसन्धान गर्दा उनले डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रमाणपत्र नक्कली रहेको पाइएको अख्तियारले जनाएको छ ।
उनको आरोप उपर अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Post a Comment