काठमाडौ, साउन २४ गते । रातो तसरा डट कम,आमरण अनसनरत डाक्टर गोविन्द केसीका माग पूरा गर्न दवावका लागि नेशनल रेजिडेन्ट डाक्टर्स एशोसिएसनले भोलिदेखि त्रिवि शिक्षण अस्पतालको आन्तरिक सेवा तथा शल्यक्रिया सेवा आजैबाट बहिष्कार गर्ने भएको छ ।
एशोसिएसनको सोमबार बसेको आवासीय चिकित्सकहरुको वैठआजैबाट डा. गोविन्द केसीको माग सुनुवाईमा सरकार गम्भीर नभएको र डा. केसीको स्वास्थय स्थिति नाजुक हुँदै गएकोले उनको जीवनरक्षार्थ मंगलबारदेखि अस्पतालको पठनपाठन लगायतका कार्यक्रम, बहिरङ्ग सेवा, विभिन्न रिपोर्टिङ वहिस्कार गर्ने निर्णय गरेको एशोसिएसनले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
साथै डा. केसीको मागका सम्बन्धमा चासो नदेखाए थप विरोधका कार्यक्रम गर्ने समेत चेतावनी दिएको छ ।
एशोसिएसनका अध्यक्ष डा. कश्यप श्रेष्ठ तथा सचिव डा. अमित कुमार झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, मेडिकल शिक्षा तथा समस्त स्वास्थ्य क्षेत्रको सुधारका लागि वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसी १५ दिनदेखि आमरण अनसनमा बसिरहँदा सम्बन्धित निकायले कुनै ठोस कदम नचालेकोले नेशनल डाक्टर्स रेजिडेन्ट डाक्टर्स एशोसिएनले विरोधका कार्यक्रमहरु घोषणा गरेको हो ।’
बिज्ञप्तिमा साउन २४ गतेदेखि आन्तरिक सेवा तथा शल्यक्रिया सेवामा आवासीय चिकित्सकहरु सहभागी नहुने जानकारी गराइएको छ । यसबाट सर्वसाधारणमा पर्न जाने असुविधाकबो जिम्मेबारी सम्बन्धित निकयले लिनुपर्ने एशोसियसनको भनाई छ ।
एशोसिएसनले डा. केसीको अनसनमा ऐक्यबद्धता जनाउँदै उनको माग पूरा गर्न दवावका लागि साउन १८ गतेदेखि अस्पतालको ओपिडी सेवा बहिष्कार गर्दै आएको छ ।
Post a Comment