सुनसरी, भदौ, ७ गते । रातो तारा डट कम,
धरान उपमहानगरपालिका र आसपासका बाढी पहिरो पीडितहरुको बिचल्ली भएको छ । धरान आसपासमा साउन २७ गतेदेखि आएको बाढीका कारण विस्थापित भएकाहरुको बिचल्ली भएको हो ।
सरकारी निकायबाट उनीहरुले अहिलेसम्म राहत पाउन सकेनन् । धरान उपमहानगर–६ पानबारी र मोरङ याङशिला आसपासका ९३ घर परिवार बाढी पहिरोबाट पीडित बेनेका हुन् ।
धरान उपमहानरको वडा नम्बर ५, ६, ११, १६, १७ र २० का बासिन्दा सबैभदा बढी पीडित बनेका छन् । बाढी पहिरोबाट मानवीय क्षति नभए पनि करोडौं रुपैयाँको जनधनको क्षति भएको धरान उपमहानगरपालिकाले जनाएको छ ।
धरान आसपासको सेउती, सहेरा र सर्दु खोलामा बसोवास गर्नेहरु बाढी पीडित छन् । पहाडी क्षेत्रका बासिन्दा पहिरोबाट पीडित बनेका छन् । बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण तराई मात्रै केन्द्रित भएको पहाडका पहिरो पीडितको गुनासो छ ।
धरान ६ पानबारी र मोरंङ याङशिलाका बाढी पहिरो पीडितहरुले १२ दिन वित्दा समेत राहत नपाएका धरान–६ पानबारीका वडाध्यक्ष भुवनसिंह बस्नेतले बताउनु भयो । उहाँका अनुसार अहिलेसम्म नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुनसरी र अन्य सामाजिक संघ सस्थाहरुले राहत स्वरुप खाद्य सामाग्री मात्रै पाएका छन् ।
धरान ६ को पानवारी र मोरङको याङशिला स्थित देवीटार, साधुटार र संगम टोल आसपासका ६ वटा घर पूर्ण रुपमा क्षति भएको छ ।
वडा समितिको तथ्यांङ अनुसार पानवारीका रणबहादुर विक, मानबहादुर राई, जंगबहादुर विक, पुर्णबहादुर राई र जुनु राई गरी ६ घर परिवारको घर तथा जग्गा जमिन नै बाढी र पहिरोले बगाएदिएको छ ।
Post a Comment