सयपत्री महिला सेवा केन्द्र्र २०६३ सालमा स्थापना भएको हो र स्थापना भए देखिनै महिलाहरु तथा बृद्ध बृद्धाहरुको हितका बढी कृय सिल भएको पाईन्छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा बिराटनगरका महानगरका मेयर भीम पराजुलीले पानसमा बती बालेर उदघाटन गर्नु भएको थियो । सो उदघाटन सत्रलाई सम्बोधन गर्दै मेयरले भन्नु भयो यो सयपत्री महिला सेवा केन्द्रले राम्रो काम गर्दैआएकोमा आफुलाई खुसि लागेकोछ र यस्तो सामाजिक कार्य गर्दै रहोस भन्नु भयो ।
तपाईहरुकै सहयोगबाट म अहिले मेयर भएको छु जनताको सेवा भन्दा बाहिर लाग्ने छुइन र बिराटनगरलाई भष्ट्रचार मुक्त बनाउने र जनताका काम छिटो छरितो तरिका बाट गरिदिने बचन समेत दिनु भएकोछ ।
उपस्थित दर्शकलाई सम्बोधन गर्दै मेयरले भने बाढी पीडितहरुको उद्घार राहत बितरण असायहरुलाई सहयोग नगरले सकेसम्म गरिरहेको र यही १८ गते नगर परिषद बस्तैछ परिषदबाट अपकालिन, दिर्घकालिन, मध्येकालिन,योजनाहरु पासगराएर बिराटनगरलाई सुबिधायुक्त शहर बनाउन लागि पर्ने बताउनु भयो ।
त्यसैगरी अव बिराटनगरमा नाला सहितका १४ वटा पीच सडकहरु बन्ने र ईटहरु बिराटनगर रंगेली,लाई सडक सन्जालबाट जोडने काम पनि बिराटनगरले नै गर्दै छ भन्नु भायो ।
बिमला राजवंशी वर्ष ४५,फुलमती राजवंशी, मीना पासवान बाढीपीडित,कृष्ण माय राई वर्ष ९०,जनक कुमार श्रेष्ठ वर्ष ८४, दिलकुमारी खडका वर्ष ८० , नन्द कुमारी भण्डारी वर्ष ८४,उर्मिला श्रेष्ठ वर्ष ८४, केदार बहादुर कार्की वर्ष ८० गृहलक्ष्मी श्रेष्ठ वर्ष ८५,सिला देवी मण्ड समेत दस जनालाई जनही एकल महिलाहरुलाई रु एक हजार र बृधलाई रु ५०५नगद र खादा ओडाएर मेयर भीम पराजुलीले सम्मान गर्नु भएको थियो ।
सृजना फाइनान्सका सिइओ भवानी शंकर चापागाईले सयपत्री महिला सेवा केन्द्रले प्रस्ताप पेसगरे रु दस लाख सम्मको अक्ष्यए कोष खडा गरिदिने बचन दिनु भएकोछ ।
रातो तारा डट कमका सम्पादक तथा स्वतन्त्र पत्रकार तेजेन्दबहादुर भण्डारीले सयपत्री महिला सेवा केन्द्रले स्थापना कामल देखि हाल सम्म सेवामुलक कामहरु गर्दै आउनु भएको हुदा सबैले यो सस्थालाई सहयोग गर्नु पर्छ भन्नु भयो ।
Post a Comment