विराटनगर,भाद्र ९ गते । रातो तारा डट कम,
हुलास मोटर कम्पनीले विराटनगरको मुनालपथमा आजदेखि नयाँ शो–रुम सञ्चालनमा ल्याएको छ ।
उक्त नयाँ शो–रुमको आज एक समारोहका बीच उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले उद्घाटन गर्नु
भएको थियो ।
उक्त शो–रुममा ई–रिक्सा,ई–कार्गो,हुलास ब्याट्री,ई–कार, विद्युतीय कार विक्री वितरण गरिने प्रालिका प्रवन्धक बिरल आचार्यले रातो तारा डट कमलाइ जानकारी गराउनुभयो।
सर्तसाधारणको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै हरितक्रान्तिको नारालाई सार्थक तुल्याउने उद्देश्यका साथ प्रदुषणमुक्त एवम् वातावरणमैत्री सवारी साधन बजारमा ल्याइएको कुरा उधोगपति सुरेन्द्र गोल्छाले रातो तारा लाइ बताउनुभयो ।
सोही अवसरमा आज चीनमा निर्मित विद्युतीय कार पनि
शो–रुममा राखिएको थियो । यस सम्बन्धमा उद्योगपति सुरेन्द्र गोल्छाले रु १३ लाख ३५ हजार मूल्य पर्ने सो कारको एकपल्ट ब्याट्रीको पूणचार्ज गरेपछि १६० किलोमिटर यात्रा गर्न सकिने जानकारी गराउनुभयो ।
उक्त कार केही महिनामैं विराटनगरमैं निर्माण थालिने जानकारी गराउनुभयो ।
विगत दुई दसकदेखि हुलास मोटर कम्पनीले विराटनगरको मिल्स एरियामा कारखाना स्थापना गरी अटोमोवाइलको क्षेत्रमा ‘मेड ईन नेपाल’का शेर्पा,मुस्ताङ्ग,मुस्ताङ्ग भि टु,मुस्ताङ्ग म्याक्स ब्राण्डका चार पाङ्ग्रे हलुका सवारी साधन उत्पादन गर्दै आएको उद्योगपति सुरेन्द्र गोल्छाले रातो तारालाइ बताउन भएको छ ।
Post a Comment