Websoft University

मुस्लिम युवाले गरे मेयर भीम पराजुलीलाई सम्मान


विराटनगर, साउन २१ गते । रातो तारा डट कम,विराटनगर महानगरपालिका वार्डनं १७ मा  मुस्लिम युवाहरुले मेयर भीम पराजुलीलाई सम्मान गरेका छन् । शनिवार रानीमा मुस्लिम युवाहरुले एक कार्यक्रम आयोजना गरी पराजुलीलाई सम्मान गरेका हुन् ।

मुस्लिम युवा नेता मों तनबिरको अध्यक्षतामा भएको कार्यक्रममा  मुस्लिमहरुको अधिकार र समस्याका विषयमा महानगरले संबोधन गर्नुपर्ने माग राखेका थिए ।

कार्यक्रममा मेयर भीम पराजुलीले महानगरका समस्या पहिचान र प्राथमिकताका आधारमा सवैकुराको संबोधन हुदै जाने बताए। यस्तै मिरेष्ट नेपाल,युनेसेफ र नेपाल सरकारको सहयोगमा शनिवार विराटनगरमा बालमैत्री स्थानीय शाषनमा बालभेला वृतचित्र प्रदशनी भएको छ ।

सोही कार्यक्रममा बोल्दै मेयर पराजुलीले नेपालकै पहिलो बालमैत्री नगर विराटनगर भएकाले यसको संरक्षण र बालअधिकारका सवालमा सचेत हुने बताए ।

उनले बालअधिकारका पक्षमा महानगरले विशेष कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.