Websoft University

साझेदार संस्थालाई कन्ट्याक्ट रोक्ने चेतावनी-महानगरद्धारा छड्के अनुगमन जारीछ


विराटनगर भदौ ८ गते । रातो तारा डट कम,
विराटनगर महानगरपालिकाले सडकसरसफाईमा खटिएका संवन्धित कर्मचारीहरुमाथी छड्के अनुगमन शुरु गरेको छ । नगरमा फोहर उठ्न नसकेको गुनासो आएसंगै महानगरले विहिवार विहान छड्के अनुगमन गरेको हो । नगरक्षेत्रमा फोहरको थुप्रो नउठेको ,जथाभावी फोहरमैला रहेको भन्ने गुनासो आएका कारण छड्के अनुगमन गरिएको मेयर भिम पराजुलीले जानकारी दिनु भयो ।

विराटनगरको फोहरमैला व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट प्रालि जेभीले राम्रो संग काम गर्न नसक्दा समस्या सिर्जना भएको छ । महानगरका मेयर भिम पराजुलीले फोहर सरसफाईमा यही अवस्था रहीरहे वेस्ट मेनेजमेन्ट ग्रुपसंगको कन्ट्याक्ट रोक्ने चेतावनी दिनु भएको छ ।

वेस्टमेनेजमेन्टका  सञ्चालक सदस्य देवी आचार्यले सुधार गर्ने बताउनु भएको छ ।  यस्तै मोटरसाइकलमा चढेर निरिक्षणमा निस्केका मेयर पराजुलीले नगरको विभिन्न भागको निरिक्षण गर्नु भएको छ ।  घरबाट फोहर फ्याक्ने दर्जनौँ घरधनीलाई सचेत गराइसकेको र अवपनि अटेर गरेमा फोहरमैला ऐनअनुसार कार्वाही गरिने महानगरका कार्यकारी अधिकृत दिपक कोइरालाले जानकारी दिनु भयो ।

उहाँले परिचयपत्र सहित कामदार परिचालन गर्न,एरिया तोकेर काम लगाउन समेत वेष्ट मेनेजमेन्टलाई सचेत गराएको जानकारी दिनु भयो ।

हाल विराटनगरमा दैनिक ८० मेट्रिक टन फोहर थुप्रिने गरेको तथ्याङ्क छ । फोहर सङ्कलनका लागि संस्थाले २० वटा ट्र्याक्टर प्रयोगमा ल्याएको जनाएको छ ।

सुगुर  मारिने

छाडा चौपाया र सुगुरलाई समेत महानगरले नियन्त्रण गर्ने भएको छ । सवैलाई छाडा चौपाया नछोड्न आग्रह गरिने र अटेर गरेमा चौपाया नियन्त्रण मा लिने महानगरका बातावरण साखा प्रमूख घनश्याम काफ्लेले जानकारी दिए । सुगुरको हकमा यो नियम लागु नहुने भएको छ ।  सुगुर धनिले नियन्त्रण नगरे सुगुरमार्ने टोली परिचालन गर्ने जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.