काठमाडौँ, भदौ ११ गते । रातो तारा डट कम,
राष्ट्रिय अनुसन्धान विभागका निर्देशक दिलीपराज रेग्मीले गृहमन्त्रालयको गृह प्रशासन सुधार मार्गचित्र २०७४ अनुसार विभागीय कर्मचारीलाई काम गर्न निर्देशन दिनुभएको छ ।
विभागले ३२ औँ विशेष सेवा दिवसको अवसरमा हिजो आयोजित पुर्नमिलन कार्यक्रमका उहाँले मार्गचित्रअनुसार विभाग नव संगठनको रुपमा परिवर्तन हुने दिशामा रहेकोले सोहीअनुसार परिचालन हुन निर्देशन दिनुभएको हो ।
विभागका पूर्व प्रमुख विष्णुराज पन्तले वर्तमान अवस्थामा विभागका काम कारबाहीप्रति पूर्व कर्मचारी सन्तुष्ट रहेको बताउनुभयो ।
लोकसेवा आयोगका सदस्य श्रीपुरुष ढकालले विभागले राष्ट्रिय सुरक्षाका चुनौती पहिचान एवं व्याख्या गर्ने किसिमको सक्रिय र लगनशील जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा ९० जना कर्मचारीले रक्तदान गर्नुभएको थियो । रासस
Post a Comment