Websoft University

राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान बन्द


इलाम । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आह्वान गरेको बन्दको प्रभाव अरुण पूर्वको नौ जिल्लाका
दखिन तिर केहि ठाउ छाडेर बिहानै देखि परेको छ ।

बन्दको कारण बिहानैदेखि मोटरसाइकल, प्रेसका गाडी, कुटनीतिक नियोगका गाडी, दमकल र एम्वुलेन्सबाहेक कुनै पनि सवारी साधन चलेका छैनन् । बजार पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द छन् ।
ब्मखभचतष्कmभलत

साउन २२ लाई कालोदिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज लिम्बुवानको ९ जिल्ला बन्द गरेको हो । बन्दलाई लिम्बुवान क्रान्तिकारी पार्टीले पनि ऐक्यबद्धता जनाएको छ ।

साउन २२ गते कै दिन लिम्बुवानको तत्कालीन गोर्खासँग भएको नुनपानी सन्धिले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै साउन २२ लाई परिषद्ले कालो दिनको रुपमा मनाउँदै आएको छ ।

परिषदको बन्दका कारण पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लामा यातायात र बजार पसल ठप्प रहेका छन् ।

बन्दमा प्रेस कूटनीतिक नियोगका गाडी, परीक्षार्थी बोकेको गाडी, एम्बुलेन्स, शब बहान तथा मोटरसाइकलहरुलाई छुट दिने परिषद्ले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.